वेसबल नियम जानकारी नै नभएका म्यानेजर, खेलको बीचमै खेलाडी फेर्दा नेपाल भारतसँग पराजित « Khabarhub

वेसबल नियम जानकारी नै नभएका म्यानेजर, खेलको बीचमै खेलाडी फेर्दा नेपाल भारतसँग पराजित


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको कोलम्बोमा जारी १४ औं बीएफए वेस्ट एसियन बेसबल कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा हार व्यहोर्दै नेपाली वेसबल टोली प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाल मंगलबार डिफेन्डिङ च्याम्पियन श्रीलंकासँग १३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ८–० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।

टीम व्यवस्थापनमा समस्या

बेसबल खेल्न श्रीलंका पुगेको नेपाली टोलीको लज्जास्पद पराजय हुनुमा टीम म्यानेजरको कमजोरी रहेको देखिएको छ । टीम म्यानेजर जीवन केसीको गलत निर्णय र कमजोरीका कारण नेपाली टोलीले लज्जास्पद हार व्यहोर्न पुगेको टोलीकै सदस्यको भनाइ छ ।

टीम म्यानेजर केसीले आफूखुसी खेलाडीको छनोट गर्ने, कोचसँगको सल्लाहविना खेलाडी राख्ने र हटाउने लगायतका कार्य गर्दा नेपाली वेस बल टोलीले लज्जास्पद पराजय व्यहोरेको टोलीमा संलग्न एक पदाधिकारीले बताए ।

‘टीम म्यानेजरले पीचरको ठाउँमा खेल चलिरहेको बेलामा डिएचलाई राखेपछि रेफ्रीले उनलाई निकालिदिए’ टोलीमा सहभागी एक सदस्यले भने,‘जसका कारण नेपालले लाज्जास्पद हार व्यहोर्नुपर्यो‍ ।’

९ इनिङको खेल अन्तर्गत पहिलो इनिङमा भारतले ३ होम रन बनाएको थियो । ‘दोस्रो खेलमा (भारतसँगको खेलमा) पिचरले राम्रो प्रदर्शन गरिरहेका थिए तर म्यानेजरले टीम कप्तान र कोचसँग कुनै सल्लाह नगरि खेलाडी परिवर्तन गर्दा समस्या आइलाग्यो’ ती सदस्यले खबरहबसँग भने ।

म्यानेजरको गलत निर्णय र बेसवलको नियमबारे ज्ञान नहुँदा नेपाली बेसबल टोली समूह चरणबाटै बाहिरिनु परेको श्रीलंका पुगेका टोलीका सदस्यहरुको आरोप छ ।

सेमिफाइनलमा पुग्न नेपालले भारतलाई पराजित गर्नेपर्ने थियो तर नेपालले हार व्यहोरोको छ ।  यो प्रतियोगिताको विजेता र उपविजेता टोली एसिया कप हुँदै ओलम्पिकको क्वालिफाइङ खेल्ने छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : २२ बजे

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन