विश्वकप छनोटको दोस्रो चरणमा नेपालले विश्वकप खेलेको अस्ट्रेलियासँग खेल्ने « Khabarhub

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले विश्वकप खेलेको अस्ट्रेलियासँग खेल्ने


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

विश्व फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

समूह बी मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ छन् । बुधबार सार्वजनिक खेल तालिका अनुसारका खेलहरु आगामी सेप्टेम्बरदेखि जुनसम्म हुनेछन् ।

दोस्रो चरणको छनोटमा ४० टोली रहेका छन् । जसमा ४० टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । खेल राउण्ड रोविनका आधारमा हुनेछ । जसमा प्रत्येक समूहमा ५ टोली रहेका छन् । समूहका हरेक टिमले होम एण्ड अवे गरी ८ खेल खेल्नेछन् ।

समूह विजेता र उत्कृष्ट चार उपविजेता गरी १२ टोलीले चीनमा हुने एएफसी एसियन कप २०२३ को फाइनल चरणमा स्थान बनाउँनेछन्। यी १२ टोलीले कतारमा हुने फिफा विश्वकपको छनोटको पनि फाइनल चरणमा स्थान बनाउँनेछन्। नेपाल पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । फिफा बरियताको एसियाली ३४ स्थानसम्म पर्ने टोली सोझै दोस्रो चरणमा पुग्ने व्यवस्था छ । विश्वकप छनोटका लागि नेपाली टोली अहिले अभ्यासमा यस्त छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ३ : ३५ बजे

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै