नदीमा पानीको बहाव बढेपछि कालीगण्डकीमा स्टिमर सेवा बन्द | Khabarhub Khabarhub

नदीमा पानीको बहाव बढेपछि कालीगण्डकीमा स्टिमर सेवा बन्द


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ ।

नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो । यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् ।

व्यावसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन भएपछि स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न गाविसका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ ।

दक्षिण पर्वतको विहादी गाउँपालिका–६ साविकको शालीग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करीब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ ।

यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चरमार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए ।

विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको विहादी गाउँपालिका–६ शालीग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए । कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : २० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं