सरकारको लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका निकायलाई मन्त्री बाँस्कोटाको निर्देशन « Khabarhub

सरकारको लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका निकायलाई मन्त्री बाँस्कोटाको निर्देशन


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका घोषित लक्ष्य पूरा हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री बास्कोटाले देश र जनताप्रति उत्तरदायी भई सरकारको घोषित सबै लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

आर्थिक वर्षको एकीकृत कार्य योजना बुधबार सार्वजनिक गर्दै उनले एउटा निकायले गल्ति गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री बास्कोटाले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहे पनि सन्तुष्टि हुने खालको नभएको उल्लेख गर्दै चालू आर्थिक वर्षका घोषित सबै कार्यलाई पूर्णता दिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ०७ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल