सीके राउतको फिल्म घोषणा कार्यक्रममा पार्टीका कार्यकर्ताको लस्कर ! « Khabarhub

सीके राउतको फिल्म घोषणा कार्यक्रममा पार्टीका कार्यकर्ताको लस्कर !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको जीवनीमा आधारित फिल्म ‘डा. सिके राउत’ निर्माण हुने भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिनुका साथै टिजर पनि प्रदर्शन गरियो ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको पनि उपस्थिति थियो । कार्यक्रममा सीके राउत निर्धारित समयभन्दा केही ढिलो आएका थिए । स्वागतका लागि उनका दलका कार्यकर्ताहरु घण्टौँदेखि हातमा माला समाएर कुरेर उभिएका थिए ।

सीके राउत फिल्मी शैलीमा कार्यक्रममा उपस्थित भएका थिए भने उनको स्वागतका लागि कार्यकर्ताहरु पूरै कार्यक्रमभर सक्रिय रहे । फिल्मको टिजर सार्वजनिकपछि कार्यक्रममा बोल्दै सीके राउतले मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने बुझ्न आम मानिसलाई यो फिल्म इतिहास बन्ने धारणा राखे ।

कार्यक्रम सकिएपछि पनि कार्यकर्ताले उनलाई साङ्लोले घेरेर बाहिर लगेका थिए भने उनको सुरक्षाका लागि प्रहरी तैनाथ थिए ।

डा. सीके राउतको जीवनमाथि यसअघि पनि दुईपटक फिल्म बन्ने कुरा भएको थियो । तर, सरकारले उनमाथि लगाएको प्रतिबन्धका कारण फिल्म पूर्ण हुन सकेको थिएन । अहिले भने सीके राउत मूलधारको राजनीतिमा आइसकेका छन् ।

उनको बायोपिक फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन् भने सीके राउतको भूमिकामा साह परदेशीलाई देख्न सकिनेछ ।

तस्वीरहरु: आर्यन बिमली

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ०६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ