सम्बन्धविच्छेदका लागि अदालत पुग्दै पुरुष | Khabarhub Khabarhub

सम्बन्धविच्छेदका लागि अदालत पुग्दै पुरुष


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/ ७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् ।

तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्नसक्ने सुविधा प्रदान गरेपछि सम्बन्ध विच्छेदका निवदेन लिएर पुरुष अदालत पुग्न थालेका हुन् ।

जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न दिइएका मुद्दामध्ये पुरुषले दायर गरेका मुद्दा करीब २० प्रतिशत रहेका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीले जानकारी दिए । अदालतमा आउने मुद्दामा सबैभन्दा बढी फैसला नै सम्बन्धविच्छेद हुने गरेका उनको भनाइ छ । उनले भने,“मुद्दा परेकामध्ये ६४७ मुद्दा किनारा लगाइसकेका छौं ।”

आव २०७४÷७५ देखि आएका एक हजार ३३८ सहित २०७५/७६ मा अदालतमा दुई हजार ५८९ मुद्दा दर्ता भएका छन् । तीन हजार ४९७ मुद्दा प्रक्रियामै रहेको न्यायाधीश अधिकारीले जानकारी दिए । यसवर्ष मात्रै दुई हजार ५६३ मुद्दा किनारा लगाउने लक्ष्य अदालतले राखेको थियो । मुद्दाको छिनोफानोसँगै अदालतले विशेष प्रकृतिका निवेदन उपरसमेत सम्पादन गरेको छ ।

स्थानीय तहमा न्यायिक समितिको गठनसँगै मानाचामल सम्बन्धी मुद्दा अदालतमा दर्ता गर्न छाडेका छन् । अंशसँग जोडिएर आएमा मात्रै मानाचामल मुद्दा अदालतमा दर्ता हुन्छ । सामान्य विवादका घटना स्थानीय तहमै मिल्ने वातावरण बन्दै गएमा आगामी दिनमा अदालतमा दर्ता हुनसक्ने मुद्दा केही कमी आउने श्रेष्तेदार लोकनाथ पराजुलीले बताए।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ३० बजे

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले