ईन्धन सकिन केही मिनेट अगाडि विमान आकस्मिक अवतरण, १ सय ५३ यात्रुको ज्यान जोगियो « Khabarhub

ईन्धन सकिन केही मिनेट अगाडि विमान आकस्मिक अवतरण, १ सय ५३ यात्रुको ज्यान जोगियो


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा १५३ जना यात्रु बोकेर उडेको विमानले इन्धन सकिन ६ मिनेट अघि आकस्मिक अवतरण गरेको खुलासा भएको छ ।

घटना गत सोमबारको हो । भारतको मुम्बई शहरबाट राजधानी नयाँ दिल्लीतर्फ उडेको विमान खराब मौसमका कारण आकाशमै फन्को मारिरहेको थियो । यस्तैमा १५३ यात्रु सवार विस्तारा एअरको विमानलाई ४२० किलोमिटर टाढा लखनउतर्फ डाइभर्ट गर्न निर्देशन जारी गरियो । लखनउको मौसम पनि अनुकूल थिएन ।

भिजिबिलिटी एकदमै कम थियो भने विमान अवतरण गर्न मुश्किल थियो । लखनउमा विमान अवतरण गर्न सकिएन । विमानलाई ३० मिनेट उडान समय लाग्ने प्रयागराज शहरको विमानस्थलतर्फ जान निर्देशन जारी गरियो । प्रयागराजको अवस्था पनि उस्तै रहेकाले विमान लखनउतर्फ नै फर्किने भयो । यस्तो अवस्थानमा विमानको इन्धन सकिन लागिसकेको थियो । विमानको इन्धन आकस्मिक स्तरसम्म पुगेको थियो ।

यतिकैमा विमानका पाइलटले इन्धनका कारण मेडे अर्थात् आकस्मिक सन्देश जारी गर्नुपर्यो । तर, भाग्यवश लखनउको मौसममा सुधार भयो । विमानमा केबल २ सय किलोग्राम इन्धन बाँकी रहेको अवस्थामै लखनउको विमानस्थलमा विमान ओर्लियो । २ सय किलोग्राम इन्धन केबल ५ देखि ७ मिनेट उडान भर्न ठिक्क हुन्छ ।

मुम्बईबाट नयाँ दिल्लीसम्मको उडान केबल ४ घण्टाको हुन्छ तर, सोमबार उक्त विमानले आकाशमा ४ घण्टा बिताएको थियो । सोही कारण विमानमा इन्धन सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ४३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान