सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अबरुद्ध « Khabarhub

सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अबरुद्ध


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कीर्तिपुरमा बसिबसाउ बस्तीको तल खोल्सा मिचेर सेनाले प्लटिङ गर्दा माथिल्लो क्षेत्रको ढल अवरुद्ध भएको छ । सेनाले बनाएको ढलमा बस्तीको पानी मिसाउन नदिएको आजको नयाँ पत्रिकामा मुख्य खबर छ ।

सेनाले बनाएको ढल सानो भएकाले अरु ढल मिसाउन अनुमतिनदिएको नेपाली सेनका प्रवक्तासमेत रहेका सहायक रथी याम ढकालले बताए ।

वाइडबडी छानबिन : जनताको आँखामा छारो शीर्षकमा छापिएको अर्को समाचारमा वाइडबडी अनियमितता छानबिन गर्न मन्त्रिपरिषदले १९ पुसमा गठन गरेको आयोगको काम सुरु नगरी नै शनिबार म्याद सकिएको छ ।

आयोगका पदाधिकारीले नियुक्तिपत्रसमेत नपाई ४५ दिने म्याद सकिएको छ । वाइटबडी जाँचबुझ आयोगका प्रस्तावित अध्यक्ष गोबिन्द पराजुलीले मिडियामा समाचार सुनेकै भरमा कसरी काम गर्नुभन्ने प्रतिक्रिया दिएका छन।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति भरत शाहले भने सरकारले गठन गरेको आयोग नै गैर संवैधानि रहेको बताएका छन् ।

नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र शीर्षकको समाचारमा भदौदेखि देशभर सञ्चालन गर्ने भनिएको नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र छ । नेकपा केन्द्रीय कमिटीको बैठक ९ महिनादेखि बस्न सकेको छैन् । नेकपाका नेता झलनाथ खनालले पार्टीको एकता प्रक्रियालाई समयमै टुंग्याउन नसक्दा पार्टी धेरै पछि परेको बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : ३५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली