घर जलायो दैवले, छोरी जलाए पापीले… « Khabarhub

घर जलायो दैवले, छोरी जलाए पापीले…


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका देवनारायण रसाइली छोरी गुमाएको पीडाले विच्छिप्त छन् । एक महिनाअघि मात्र आगलागिबाट घर गुमाएका उनले छोरीलाई जलेर ज्यान गुमाएको अवस्थाले झनै पीडा दिएको छ । छिमेकीको बिहेमा गएकी छोरी बुधबार बेपत्ता भएकी थिइन । उनको शव जलेको अवस्थामा बिहीबार फेला पारेको थियो । देवनारायणकी छोरी रेश्माको बलात्कारपछि हत्या भएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

सार्क सुस्त शीर्षकको अर्को समाचारमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सुस्ताउँदै गएको छ। सार्क सदस्य मुलुकले एकअर्कामा दूतावास स्थापना गर्ने योजना बनाए पनि कार्यान्वयन हुन सकेको छैन् ।

त्यस्तै झोले एनजीओलाई अनुदान दिन दबाब शीर्षकमा छापिएको समाचारमा समाजकल्याण परिषदका पदाधिकारीले ३३ झोले एनजिओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ताको निकासा दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दबाब दिएकी छन् ।

प्रहरीमा सरुवा–बढुवाको लर्को, कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध ३ कोइरालालगायतका समाचार मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ०९ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र