प्रतिपक्षमा कांग्रेसको १ वर्ष : अलमल र निष्प्रभावी, कम्पास हराएको जहाजजस्तो « Khabarhub

प्रतिपक्षमा कांग्रेसको १ वर्ष : अलमल र निष्प्रभावी, कम्पास हराएको जहाजजस्तो


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् ।

चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाएजस्तो, कम्पास हराएको जहाजको जस्तोस्थितिमा पुगेको नेपाल साप्ताहिकमा खबर छ ।

मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल भएको छ । केपी ओलीको व्यक्तित्व, स्वकार्यता र आत्मविश्वासको ओजमा प्रमुख प्रतिपक्षी कतै हराएजस्तो देखिन्छ । त्इसमाथि डेढ दशकदृेखि प्रतिपक्षीय राजनीतिभन्दा पनि सहमतिको राजनीतिले बढी प्राथमिकता पाउँदै आएको छ ।

सबै समस्याको समाधान संसदबाट भन्दा राजनीतिक नेतृत्वको आपसी छलफलबाट खोज्ने परम्परा योबीचमा निक्कै झाँगिदै गएको छ । त्यसैले पनि यसपटक प्रमुख प्रतिपक्षीय भुमिकामा कांग्रेस केही अलमलिएको हुनसक्छ । प्रतिपक्षको मानक के हो भन्ने कांग्रेसले बिर्सिएजस्तो देखिन्छ । प्रतिपक्षले के गर्नुपर्छ भन्ने सार्वजनिक विमर्शबाट पनि गायब भएको देखिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको