पुन:निर्माण शीर्षकका खानेपानी आयोजना बजेट नआउँदा अलपत्र « Khabarhub

पुन:निर्माण शीर्षकका खानेपानी आयोजना बजेट नआउँदा अलपत्र


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–सरकारले पुन:निर्माण शीर्षकमा काभ्रेमा सञ्चालनमा ल्याइएका खानेपानी आयोजना बजेट नहुँदा अलपत्र परेका छन् ।

केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा सुुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् ।

बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले जानकारी दिए ।

३० लाख रुपैयाँको खानेपानी योजनाको विसं २०७३ साउनमा पहिलो किस्ता १० लाख लिएर सुरु गरिएको बताउँदै बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा बताए ।

दाहालका अनुसार यस योजनाको मूलदेखि लिफ्ट गर्ने स्थानसम्म पाइप र एउटा १० हजार लिटरको ट्याङ्की मात्रै निर्माण गरिएको छ भने एउटा रिजर्भ ट्याङ्की निर्माण गरी मुख्य पाइपलाइन र घरघरमा खानेपानी पुर्‍याउने पाइप विस्तार गर्न बाँकी छ ।

खानेपानी आयोजनाअनुसार बजेट छुट्याइए पनि पहिलो किस्तावापतको रकमले सुरु गरिएपछि केही आयोजनाले मात्रै कार्यप्रगतिको आधारमा दोस्रो किस्ता लिएर काम गरेको प्राविधिक शर्माले बताए ।

मुलुक सङ्घीयतामा गएपछि गत साउनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हाल सिन्धुपाल्चोकको चौतारामा सारिएको छ । त्यस कार्यालयको कार्यक्षेत्र अब दुवै जिल्ला तोकिएको छ ।

डिभिजन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि केन्द्र सरकार वा प्रदेश सरकार कहाँबाट आउने भन्ने अझै अन्योलता रहेको बताए ।

बजेटको अन्योलताकै कारण डिभिजन कर्यालयको क्रमागत खानेपानी योजना काभ्रेपलाञ्चोकमा ७५ र सिन्धुपाल्चोकमा ६५ वटा अलपत्र अवस्थामा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ४० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका