मोदीवेणी धामबाट शालिग्राम चोरी | Khabarhub Khabarhub

मोदीवेणी धामबाट शालिग्राम चोरी


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणी धामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् ।

मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।

अज्ञात समूहले मन्दिरको ढोका फुटाएर शालिग्रामसहित दानपेटिकासमेत लगेको उनले बताए । “दानपेटिकामा भने खास पैसा थिएन”, बैरागीले भने, “शालिग्राम भने लगभग सात सय वर्ष अगाडिका हुन् ।” सबै शालिग्रामको तौल लगभग १०० किलो हुने भएकाले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुनसक्ने अनुमान उहाँको रहेको छ ।

पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका फोरेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताए । शालिग्राम एउटाको यति नै मूल्य पर्छ भन्ने यकिन छैन । तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीले एउटा शिलालाई रु १० हजारसम्म बिक्री गर्ने गरेको पाइन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : ०५ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा