पशुपति शर्माको गीत विवादपछि लोकदोहोरी प्रतिष्ठानको आकस्मिक बैठक « Khabarhub

पशुपति शर्माको गीत विवादपछि लोकदोहोरी प्रतिष्ठानको आकस्मिक बैठक


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ विवादपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आकस्मिक बैठक बस्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले आज (आइतवार) दिउँसो दुई बजे प्रतिष्ठानको आकस्मिक बैठक बस्ने लागेको खबरहबलाई बताए ।

‘पशुपति शर्मा जीकै विषयलाई लिएर आकस्मिक बैठक बस्न लागेका हौँ, सबै संगीतप्रेमीलाई चित्त बुझ्ने निर्णय आउनेछ, ढुक्क हुनुस् ।’, अध्यक्ष पंगेनीले भने ।

उनले गायक शर्मा भैरहवामा भएकाले काठमाडौं आइपुग्दा केही ढिला हुनसक्ने पनि बताए ।

पशुपति शर्माले सार्वजनिक गरेको सोही गीतका केही शब्दलाई लिएर सत्तापक्षका भातृ संगठनले सामाजिक सञ्जालमा शर्मालाई बहिष्कार गर्न/गराउन भन्दै विज्ञप्ति जारी गरेका थिए । सरकारी पक्ष पनि असन्तुष्टि देखिएको थियो । शर्माले उक्त गीत युट्युबबाट हटाएका छन् । उक्त गीतलाई अरु प्रयोगकर्ताले भने फेसबूक तथा युट्युबमा अपलोड गरिरहेका छन् ।

गायक शर्मा मिडियाको सम्पर्कमा आएका छैनन् । उनले सामाजिक सञ्जाल फेसबूकमा गीतका केही शब्दमा परिमार्जन गरेर पुनः अपलोड गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १ : ०१ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्