शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत हटाउन लगाएको भन्दै विवेकशीलको आपत्ति « Khabarhub

शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत हटाउन लगाएको भन्दै विवेकशीलको आपत्ति


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा गायक पशुपति शर्माको गीतलाई युट्युबबाट हटाइएको भन्दै विवेकशील नेपाली पार्टीले आपत्ति जनाएको छ ।

शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भएको विवेकशीलको भनाइ छ ।

विवेकशील पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आफू असहमत रहेको विचार र अभिव्क्तिलाई निर्वाध रुपमा व्यक्त गर्ने वातावरणको सुनिश्चितता माग गरिएको छ ।

लोकतन्त्रको सुन्दरता नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै विज्ञप्तिमा सरकारले नागरिक स्वतन्त्रता हरण गर्न खोजेको आरोप लगाइएको छ ।

नेपालको संविधानलेसमेत विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अधिकारको मौलिक हकका रुपमा सुनिश्चित गरेको बेलमा पशुपति शर्माको गीत दल निकटका व्यक्तिहरु तथा संगठनहरुको दबाबमा युट्युबाट हटाइएको विवेकशीलको आरोप छ ।

आफ्नो अनुकुलता अनुसार यस्ता घटनामा दिइने दबाबले राष्ट्रको प्रतिभामाथि मनोवैज्ञानिक असर पर्ने भएकाले त्यसतर्फ ध्यान दिन विवेकशीलले सरकारलाई आग्रह गरेको छ ।

‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका गायक पशुपति शर्माले उक्त गीतका केही शव्दमा शुभचिन्तकहरुले आपत्ति जनाएको भन्दै गीतलाई युट्युबाट हटाएका छन् । उनको गीत हटाएसँगै सामाजिक सञ्जालमा यसबारे बहस भइरहेको छ ।

कतिपयले सरकार समर्थितहरुबाट दबाब दिएर गीत हटाउन लगाएको आरोप लगाएका छन् ।

उनले गीत हटाउनुको कारणबारे सामाजिक सञ्जालमा स्टाटस लेख्दै संशोधन गरेर फेरि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी