शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत हटाउन लगाएको भन्दै विवेकशीलको आपत्ति | Khabarhub Khabarhub

शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत हटाउन लगाएको भन्दै विवेकशीलको आपत्ति


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा गायक पशुपति शर्माको गीतलाई युट्युबबाट हटाइएको भन्दै विवेकशील नेपाली पार्टीले आपत्ति जनाएको छ ।

शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भएको विवेकशीलको भनाइ छ ।

विवेकशील पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आफू असहमत रहेको विचार र अभिव्क्तिलाई निर्वाध रुपमा व्यक्त गर्ने वातावरणको सुनिश्चितता माग गरिएको छ ।

लोकतन्त्रको सुन्दरता नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै विज्ञप्तिमा सरकारले नागरिक स्वतन्त्रता हरण गर्न खोजेको आरोप लगाइएको छ ।

नेपालको संविधानलेसमेत विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अधिकारको मौलिक हकका रुपमा सुनिश्चित गरेको बेलमा पशुपति शर्माको गीत दल निकटका व्यक्तिहरु तथा संगठनहरुको दबाबमा युट्युबाट हटाइएको विवेकशीलको आरोप छ ।

आफ्नो अनुकुलता अनुसार यस्ता घटनामा दिइने दबाबले राष्ट्रको प्रतिभामाथि मनोवैज्ञानिक असर पर्ने भएकाले त्यसतर्फ ध्यान दिन विवेकशीलले सरकारलाई आग्रह गरेको छ ।

‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका गायक पशुपति शर्माले उक्त गीतका केही शव्दमा शुभचिन्तकहरुले आपत्ति जनाएको भन्दै गीतलाई युट्युबाट हटाएका छन् । उनको गीत हटाएसँगै सामाजिक सञ्जालमा यसबारे बहस भइरहेको छ ।

कतिपयले सरकार समर्थितहरुबाट दबाब दिएर गीत हटाउन लगाएको आरोप लगाएका छन् ।

उनले गीत हटाउनुको कारणबारे सामाजिक सञ्जालमा स्टाटस लेख्दै संशोधन गरेर फेरि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ३८ बजे

कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता : काटिएको विद्युत लाइन जोडियो

काठमाडौं – बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज

तीन महिनामा वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको सामान आयात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई

हङ्कङ सिक्सेस क्रिकेट : दक्षिण अफ्रिकासँग नेपाल पराजित

काठमाडौं– हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत