कश्मीरका पृथकतावादी नेतालाई दिइएको सरकारी सेवा फिर्ता « Khabarhub

कश्मीरका पृथकतावादी नेतालाई दिइएको सरकारी सेवा फिर्ता


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणपछि भारत प्रशासित जम्मु कश्मीरको सरकारले कश्मीरका पृथकतावादी नेताहरुलाई दिँदै आएको सुरक्षा व्यवस्था फिर्ता गरेको छ ।

कश्मीरका पृथकतावादी नेताहरु मिरवाज उमर फरुख, अब्दुल घानी भट, बिलाल लोन, हाशिम कुरेशी र शबिर शाहलाई सरकारले दिँदै आएको सुरक्षा व्यवस्था तथा अन्य सरकारी सुविधा फिर्ता गरिएको हो ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले गत शुक्रबार जम्मु कश्मीरको भ्रमण गरी पृथकतावादी नेताहरुलाई दिइँदै आएको सम्पूर्ण सरकारी सेवा फिर्ता गर्न निर्देशन दिएपछि जम्मु कश्मीर सरकारले यस्तो कदम चालेको हो ।

उनीहरुमध्ये केहीले पाकिस्तानको गुप्तचर निकाय इन्टरसर्भिस इन्टिलिजेन्स आइएसआईबाट पैसा लिँदै आएको र भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

उनीहरुलाई दिइएको सबै सरकारी सुविधा आइतबार बेलुकीबाट फिर्ता गरिने र कुनै पनि हालतमा फेरि उपलब्ध नगराइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै सेवा लिएका अरु कोही पृथकतावादी नेताहरु पनि भेटिए उनीहरुको सेवा पनि फिर्ता लिइने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ३० बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट