कश्मीरका पृथकतावादी नेतालाई दिइएको सरकारी सेवा फिर्ता « Khabarhub

कश्मीरका पृथकतावादी नेतालाई दिइएको सरकारी सेवा फिर्ता


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणपछि भारत प्रशासित जम्मु कश्मीरको सरकारले कश्मीरका पृथकतावादी नेताहरुलाई दिँदै आएको सुरक्षा व्यवस्था फिर्ता गरेको छ ।

कश्मीरका पृथकतावादी नेताहरु मिरवाज उमर फरुख, अब्दुल घानी भट, बिलाल लोन, हाशिम कुरेशी र शबिर शाहलाई सरकारले दिँदै आएको सुरक्षा व्यवस्था तथा अन्य सरकारी सुविधा फिर्ता गरिएको हो ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले गत शुक्रबार जम्मु कश्मीरको भ्रमण गरी पृथकतावादी नेताहरुलाई दिइँदै आएको सम्पूर्ण सरकारी सेवा फिर्ता गर्न निर्देशन दिएपछि जम्मु कश्मीर सरकारले यस्तो कदम चालेको हो ।

उनीहरुमध्ये केहीले पाकिस्तानको गुप्तचर निकाय इन्टरसर्भिस इन्टिलिजेन्स आइएसआईबाट पैसा लिँदै आएको र भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

उनीहरुलाई दिइएको सबै सरकारी सुविधा आइतबार बेलुकीबाट फिर्ता गरिने र कुनै पनि हालतमा फेरि उपलब्ध नगराइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै सेवा लिएका अरु कोही पृथकतावादी नेताहरु पनि भेटिए उनीहरुको सेवा पनि फिर्ता लिइने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु