साउदी अरबका युवराज पाकिस्तानमा « Khabarhub

साउदी अरबका युवराज पाकिस्तानमा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कश्मीरका विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा साउदी अरबका युवराज मोहम्मद बिन सलमान पाकिस्तानको भ्रमणमा निस्केका छन् ।

सन् २०१७ मा साउदी युवराजको जिम्मेवारी बहन गरेपछि बिन सलमानको यो पहिलो पाकिस्तान भ्रमण हो ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विशेष निमन्त्रणमा विन सलमान पाकिस्तान भ्रमणमा आएका हुन् । रावलपिण्डीको नूर खान विमानस्थलमा स्वागत गरिसकेपछि मोहम्मद विन सलमानलाई पाकिस्तानको प्रधामन्त्री कार्यालयमा सम्मान गारत दिइने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

उनको भ्रमणदलमा साउदी अरबका उच्चस्तरीय मन्त्रीहरु, धनाढ्य व्यावसायीहरुलगायतको सहभागिता रहेको जनाइएको छ । यो भ्रमणका क्रममा साउदी अरब र पाकिस्तानबीच २१ अर्ब डलर बराबरको व्यापार सम्झौता हुने जनाइएको छ ।

पाकिस्तानले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको संज्ञा दिएको छ । विन सलमानको यो भ्रमणबाट पाकिस्तानले ओरालो लाग्दै गएको अर्थतन्त्रलाई माथि उकास्ने उद्देश्य लिएको विश्लेषण गरिएको छ ।

विन सलमानको भ्रमणलाई पाकिस्तानको सरकारले मात्र नभई पाकिस्तानका विपक्षी दलका नेताहरुले पनि स्वागत गरेका छन् । पाकिस्तानको विपक्षी दलहरु पाकिस्तान मुस्लिम लिग–नवाज तथा पाकिस्तान पिपुल्स पार्टीका नेताहरुले साउदी युवराजको भ्रमणको स्वागत गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मोहम्मद विन सलमान शनिबार इस्लामावाद पुग्ने कार्यक्रम भएपनि नखुलाइएको कारणले गर्दा विन सलमान एक दिन ढिलो भएको हो । विन सलमानको भ्रमणका लागि पाकिस्तानले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

भारत प्रशासित कश्मीरको पुलावामामा ४० भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आक्रमणपछि पाकिस्तानलाई अलग्याउने भनी भारतले गरेको घोषणालगत्तै मोहम्मद बिन सलमान पाकिस्तान पुगेका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ०३ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि