काठमाडौं र महेन्द्रनगरले जीत हासिल गर्दा रुपन्देही र अत्तरिया पराजित « Khabarhub

काठमाडौं र महेन्द्रनगरले जीत हासिल गर्दा रुपन्देही र अत्तरिया पराजित


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) मा आइतबार भएका दुई खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सले जीत हात पार्दा रुपन्देही र सिवाईसी अत्तरियाले पराजय भोगेका छन् ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेल बर्षाका कारण ६ ओभरमा घटाइएको थियो । जसमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेटले पराजित गर्‍यो । आइतवारको जीतसँग महेन्द्रनगर गर्दै ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । अत्तरियाले दिएको लक्ष्य पछ्याएको महेन्द्रनगरले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर ५५ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो ।

महेन्द्रनगरका लागि आनन्द सुब्रमुनियमले १७ रन बनाए भने आरिफ शेखले १५ रन बनाए । महेन्द्रनगरविरुद्ध अत्तरियाका भुवन कार्कीले २ विकेट लिए भने दीपेन्द्र रावतले एक विकेट लिएका थिए ।

यस्तै, टस जिते पहिलो ब्याटिङ गरेकमो अत्तरियाले ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । जसमा अत्तरियाका सन्नी पटेलले १९ रन बनाए भने जयकिसन कोल्सावाला र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १०—१० रन बनाएका थिए । अत्तरियाविरुद्ध महेन्द्रनगरका बलर सागर ढकालले उत्कृष्ट बलिङ गरे । उनले १ ओभर बलिङ गर्दा ९ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, अभिनास बोहराले २ आभेर बलिङ गरेर १९ रन खर्चेर २ सवकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट मात्रै लिन सके । पराजित अत्तरिया डीपीएलमा ३ खेलमा ४ अंक जोडेको छ ।

आइतवार भएको दोस्रो खेलमा जीत हासिल गरेको काठमाडौं गोल्डेन्स डीपीएलको शीर्ष स्थानकमा उक्लिएको छ ।

काठमाडौंसँगको खेलमा रुपन्देही च्यालेन्जर्सले लज्जास्पद हार बेहोर्‍यो । टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको रुपन्देहीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टीम ३३ रनमा समेटीयो । जसमा रुपन्देहीविरुद्ध काठमाडौंका बलर नन्दन कुमार यादव, ललितनारायण राजवंशी र सुर्य तामाङले उत्कृष्ट प्रदर्शन गरे । ३.१ ओभर बलिङ गरेका यादवले जम्मा ५ रन खर्चेर ३ विकेट लिए भने २ ओभर बलिङ गरेका ललितले ४ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै, सूर्य तामाङले ३ ओभर बलिङ गर्दै ६ रन खर्चेर २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र अङ्कीत डबासले समान एक—एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । काठमाडौंका लागि अङ्कीत डबासले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बनाएका थिए । जसमा उनले ३ छक्का र १ चौका प्रहार गरे । त्यस्तै, अनिल कुमार शाहले २३ रन, राशिद खानले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाएका थिए ।

काठमाडौंविरुद्ध रुपन्देहीका विक्रम शोव, पसनित मेहरा र अनिल खरेलले समान २—२ विकेट लिए भने ललितसिंह भण्डारीले एक विकेट लिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : २० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक