कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा | Khabarhub Khabarhub

कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ४० जना अर्धसैनिक बलका सैनिकको ज्यान जाने गरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रममण पछि आइतबार पनि आम हड्ताल जारी रह्यो । कश्मीर बाहिर रहेका कश्मीरीमाथि आक्रमण र दुर्व्यवहार भएकाे भन्दै कश्मीरमा आमहड्ताल भएको हाे ।

कश्मीर उपत्यकाका व्यावसायिक संस्थाहरुको अगुवाइमा आमहड्ताल गरिएको हो । आम हड्ताललाई यातायात व्यावसायी तथा ट्रेड युनियनहरुले पनि समर्थन गरेको जनाइएको छ ।

स्थितीलाई नियन्त्रण गर्न कश्मीरमा कर्फ्यू जारी गरिएको थियो । तीब्र गतिको मोबाइल इन्टरनेट बन्द गरिएका थिए । त्यस्तै जातीय दंगा हुनसक्ने आशंकाबीच जम्मुमा तीन दिनयता लगाइएको कर्फ्यू आइतबार पनि जारी  रह्यो ।

गत बिहीबार भारत प्रशासित कश्मीरको पुलावामा भारतीय सिआरपीएफ अर्धसैनिक बलको सवारी लस्करलाई निशाना बनाएर गरिएको आत्मघाती आक्रमणमा ४० जना भन्दा बढी अर्धसैनिकको ज्यान गएको थियो ।

आक्रमणको जिम्मा प्रतिबन्धित संगठन जैश ए मोहम्मदले लिएको थियो । आक्रमणपछि जम्मु तथा भारतका अन्य राज्यमा बसोबास गर्दै आएका कश्मीरीलाई लक्षित गर्दै मानिसहरुको भीडले आक्रमण तथा दुव्र्यवहार गरेको समाचार आएको थियो ।

कश्मीरमा विकसित पछिल्ला घटनाक्रमबाट भारतमा कश्मीरीलाई लक्षित गर्दै जातीय दंगा हुनसक्ने चिन्ताहरु व्यक्त भएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’