जनताको जलविद्युत् कार्यक्रम: लगानीकर्ताले अग्रिम शेयर आवेदन माग गर्न सक्ने | Khabarhub Khabarhub

जनताको जलविद्युत् कार्यक्रम: लगानीकर्ताले अग्रिम शेयर आवेदन माग गर्न सक्ने


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले शुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गरी उक्त व्यवस्था गरेको हो । सरकारको कम्तीमा ५१ प्रतिशत शेयर स्वामित्व भएको जलविद्युत् कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कूल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरणका आधारमा शेयर रकमको कम्तीमा दश प्रतिशत रकम उठाउन पाउने व्यवस्था बोर्डले गरेको छ ।

यस्तै आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रमबमोजिम सर्वसाधारणबाट पूँजी सङ्कलन गरी जलविद्युत् आयोजना निर्माण गर्न शेयर बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ ।

शेयर आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र त्यस्तो शेयरधनीलाई कम्पनीले सरकारले निर्धारित गरेको वार्षिक प्रतिफल प्रदान गर्न सक्ने र त्यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा समेत मिलान गर्न सकिने व्यवस्था गरिएको छ । शेयरको रकम शत्प्रतिशत चुक्ता भएपश्चात् त्यस्तो शेयर धितोपत्रको दोस्रो बजारमा कारोवार हुन सक्ने व्यवस्थासमेत गरिएको बोर्डले जनाएको छ ।

शेयरको चुक्ता हुन बाँकी रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरीदकर्तालाई एक महीनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसरी सूचना जारी गर्दासमेत शेयर बिक्री नभए संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : २८ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा