बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने | Khabarhub Khabarhub

बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो ।

२७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा अनुपस्थित थिए । सो खेलमा बार्सा एथ्लेटिको बिल्बाओसँग पराजित भएको थियो । बार्सिलोनाले ठुलो रकम खर्चिएर कौटिन्हेलाई गत सिजन क्लबमा ल्याएपनि उनी प्रभाव जमाउन असफल भएका थिए ।

उनी ईङ्लिस क्लब जाने चर्चा चलेपनि सरुवाको अन्तिम दिनसम्म कुनै प्रगति हासिल भएन । सोही कारण कौटिन्होले अब जर्मन क्लब नयाँ सिजन बिताउने पक्का भएको छ । दुवै क्लबबीच कौटिन्होको बिषयलाई लिएर सहमती बनेको छ । यसलाई औपचारिक प्रदान गर्न बाँकी छ । बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्होको बिषयमा पुष्टि गर्दै उनी एक सिजन लोनमा बार्यन जाने बिषयमा सहमती बनेको उल्लेख गरेका छन् ।

गत सिजन बार्सिलोनाबाट कौटिन्होले ५४ खेल खेल्दै मात्र ११ गोल गरको थिए । उनले ५ गोलको अवसर सिर्जना गरेका थिए । कौटिन्होको स्थानमा बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई ल्याएको छ । यस्तै फ्रान्सेली खेलाडी उसमान डेम्बेले समेत बार्साको विकल्पको रुपमा रहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ०४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित