१२ दिनपछि कश्मीरमा टु–जी इन्टरेनट सेवा सञ्चालन « Khabarhub

१२ दिनपछि कश्मीरमा टु–जी इन्टरेनट सेवा सञ्चालन


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कश्मीरलाई प्रदान गरेको विशेष राज्यको मान्यता खारेजसँगै जम्मू–कश्मीरमा बढेको तनाव विस्तारै मथ्थर हुँदै गएको छ ।

संविधानको धारा ३७० खारेज गरेसँगै बन्द गरिएको इन्टरनेट सेवा शनिबारदेखि केही स्थानमा सञ्चालनमा आएका छन् ।

१२ दिनपछि राज्यका केही स्थानमा टु–जी इन्टरनेट सेवा पुनः खुला गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू, रियासी, सांबा, कठुआ र उधमपुरमा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । यसका साथै घाटीका १७ वटा ल्याण्डलाइन टेलिफोन सेवा पनि पुनः सञ्चालनमा आएको छ ।

यसैबीच सोमबारबाट त्यहाँ बन्द विद्यालय तथा कलेज पनि खुल्ने मुख्य सचिव सुब्रमण्यमले बताए । राज्यभित्रका सरकारी कार्यालयहरु भने शुक्रबारदेखि नै खुलेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : १० बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले