अष्ट्रेलियामा पासपोर्ट हरायो के गर्ने ? « Khabarhub

अष्ट्रेलियामा पासपोर्ट हरायो के गर्ने ?


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियामा धेरै नेपालीहरु अध्ययन, रोजगारी तथा भ्रमणका लागि जाने गरेका छन् । त्यहाँ रहँदा आफ्नै असावधानी वा कमिकमजोरीले पासपोर्ट हराउन सक्छ ।

अष्ट्रेलियामा पासपोर्ट हराइहाले के गर्ने ?

सर्वप्रथम आफ्नो पासपोर्ट हराएको हो वा होइन ? भन्ने यकिन गर्ने । पासपोर्ट हराएको निश्चित भइसकेपछि प्रहरी कार्यालयमा आफ्नो पासपोर्ट कहाँबाट, कहिले, जारी भएको हो ? पासपोर्टको म्याद कहिलेसम्म थियो इत्यादी विवरण दिने । त्यसपछि प्रहरीले तपाईंको पासपोर्ट हराएको निश्चित गरी एक पत्र दिन्छ ।

त्यसपछि तपाईंले नयाँ पासपोर्ट बनाउने प्रक्रिया थाल्नुपर्छ । यसका लागि तपाईंले राजदूतावासमा गई वैध भिसाको फोटोकपी, हराएको पासपोर्टको फोटोकपी तथा नेपाली नागरिकता प्रमाणपत्र र यसअघि पासपोर्ट हराएको भनी प्रहरीले दिएको पत्रसहित आवश्यक फाराम भर्नुपर्छ ।

योसँगै तपाईंले वयस्कको हकमा ४६० अष्ट्रेलियन डलर र नाबालिगको हकमा २३० अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले नयाँ पासपोर्ट पाउने प्रक्रिया शुरु हुन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ४४ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय