हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई « Khabarhub

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला एकता घोषणासभामा शनिबार गोरखामा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘हाम्रो समाजवाद पूँजीवादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजवाद पनि होइन, उनले भने, “कम्युनिष्टहरुले भनेको जस्तो साम्यवादको खुड्किलो जस्तो समाजवाद पनि होइन”, अध्यक्ष डा भट्टराईले समाजवादी पार्टीले ल्याउने समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको हुने खालको समाजवाद नभई फरक पहिचान हुने बताए ।

उहाँले फरक पहिचान र चिन्तनसहितको समाजवाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामूहिकतासहितको समाजवाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गए ।

उनले विचारलाई कार्यान्वयन गर्ने आधार सङ्घीयता हो भन्दै यसले मात्र सवै वर्ग, क्षेत्र, लिङ्ग तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सांसद डा भट्टराईले उत्पादन वृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राखे । उत्पादनमा वृद्धि भए मात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यही मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ९ : २८ बजे

इरान युद्धको छायामा ट्रम्प-ताकाइची भेट : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय