इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ? « Khabarhub

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

मध्यपूर्व युद्ध र जापानी प्रधानमन्त्रीको कूटनीतिक कार्ड


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ओभल अफिसमा भेटवार्ता भएको छ । युद्धग्रस्त ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षाका लागि सहयोगी राष्ट्रले सोचेअनुरूप साथ नदिएपछि यो संवादलाई प्रधानमन्त्री ताकाइचीले “निकै कठिन” हुन सक्ने अपेक्षा गरेकी थिइन् ।

आफ्नो प्रस्थानभन्दा केही घण्टाअघि संसद्लाई सम्बोधन गर्दै ताकाइचीले “जापानको राष्ट्रिय हितलाई अधिकतम बनाउन आफूले हरसम्भव प्रयास गर्ने” बताएकी थिइन् । यो भ्रमणलाई व्यापारिक छलफल र अमेरिका-जापान गठबन्धनलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिए पनि मध्यपूर्वको युद्धले निम्त्याएको साझा चिन्ताले भेटघाटमा केही असहजता थपेको छ ।

बिहीबार ओभल अफिसमा ट्रम्पले जापानले सक्रियता देखाउँदै त्यस क्षेत्रमा तेलको निर्बाध प्रवाह सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । गत अक्टोबरमा ताकाइचीले पदभार ग्रहण गरेको एक हप्तापछि नै यो भ्रमण तय भएको थियो । त्यतिबेला टोकियोले ट्रम्पका लागि भव्य स्वागत गर्दै दुई देशबीचको सम्बन्धमा ‘स्वर्ण युग’ सुरु भएको घोषणा गरेको थियो ।

यसै हप्ता ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत केही देशहरूलाई महत्त्वपूर्ण समुद्री मार्ग (स्ट्रेट) को सुरक्षामा सघाउन आह्वान गरेका थिए । उनले जापान र अन्य एसियाली अर्थतन्त्र मध्यपूर्वको इन्धनमा निर्भर रहेकाले उनीहरू यसमा सहभागी हुनुपर्ने तर्क गरेका थिए ।

सहयोगी राष्ट्रबाट खासै उत्साहजनक प्रतिक्रिया नआएपछि ट्रम्पले आफ्नो भनाइ फिर्ता लिँदै अमेरिकालाई “कसैको सहयोग नचाहिने” दाबी समेत गरेका थिए । तर, बिहीबार बेलायत, फ्रान्स, जर्मनी, इटाली र नेदरल्यान्ड्ससँगै जारी गरिएको एक संयुक्त विज्ञप्तिमा जापानले उक्त जलमार्गको सुरक्षित आवागमन सुनिश्चित गर्न “उपयुक्त प्रयासमा योगदान पुऱ्याउन तयार रहेको” प्रतिबद्धता जनाएको छ ।

बैठकअघि ट्रम्पले जापानले अहिले “सक्रिय कदम चालिरहेको” बताए पनि त्यसको विस्तृत विवरण भने दिएनन् । प्रधानमन्त्री ताकाइचीले वर्तमान “सुरक्षा वातावरण निकै गम्भीर” रहेको र यसले विश्व अर्थतन्त्रमा “ठूलो धक्का” पुऱ्याएको स्वीकार गरेकी छन्। यद्यपि, उनले ट्रम्पले यसको समाधान निकाल्नेमा विश्वास व्यक्त गरेकी छन्। दोभासेमार्फत बोल्दै उनले भनिन्, “डोनाल्ड, म दृढताका साथ विश्वास गर्छु कि विश्वभर शान्ति कायम गर्न तपाईं मात्र सक्षम हुनुहुन्छ । हाम्रो साझा उद्देश्य प्राप्त गर्न म अन्तर्राष्ट्रिय समुदायका साझेदारहरूसँग हात फैलाउन तयार छु ।” बिबिसीबाट अनुदित

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : ४३ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री