मुलुकभर चट्टयांङसहित मध्यम वर्षाको सम्भावना, काठमाडौंमा बिहानैबाट झरी « Khabarhub

मुलुकभर चट्टयांङसहित मध्यम वर्षाको सम्भावना, काठमाडौंमा बिहानैबाट झरी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज मुलुकभर सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि झरी परेको छ । यो क्रम दिउँसोसम्म जारी रहने महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा हुँदा र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ हुनुका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित भएकाले देशभर सामान्य बर्षा हुने महाशाखाले जनाएको हो ।

बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेकोले पनि केहि दिन नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भाना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आजको मौसम

दिउँसोः

देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः

देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते (बुधबार)

दिउँसोः
देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भू–भागहका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः
देशभर पूर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४१ बजे

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि