एथलेटिक्समा देखिएको समस्या नेतृत्व निष्कृय भएर हो : अध्यक्ष श्रेष्ठ | Khabarhub Khabarhub

एथलेटिक्समा देखिएको समस्या नेतृत्व निष्कृय भएर हो : अध्यक्ष श्रेष्ठ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा खेलकुदका क्षेत्रमा हुने विवाद नयाँ र नौला होइनन् । तर, पछिल्लो समय सबैभन्दा चलायमान हुनुपर्ने नेपाल एथलेटिक्स संघ कमजोर हुँदै गएको नेपाल ओलम्पिक कमिटि (एन्ओसी) का अध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् ।

हरेक बर्ष खेलाडीहरुले पाउने ओलम्पिक छात्रवृत्तिबाट यो वर्ष एथलेटिक्सका खेलाडी बञ्चित भएका थिए ।

एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले एथलेटिक्स खेलाडी ओलम्पिक छात्रवृत्तिबाट छुट्नुमा आफ्नो कमजोरी नभएको बताएका थिए । उनले ओलम्पिक कमिटिले आफुले मनलाग्दी गर्दै एथलेटिक्स खेलाडीलाई विदेश पठाएको जस्ता आरोप एनओसीमाथि लगाएका थिए ।

छात्रवृत्तिबारे एनओसीका अध्यक्ष श्रेष्ठले एथलेटिक्स संघका अध्यक्षको आरोप गलत भएको बताएका छन् । अध्यक्ष श्रेष्ठले एथलेटिक्स संघको नेतृत्व पछिल्लो समय सक्रिय हुन नसकेको र कुनै पनि क्रियाकलाप गर्न नसकेको जस्ता आरोप पनि लगाए ।

‘त्यो गलत हो । एथलेटिक्स संघ ‘डेड’ मध्येको एक हो । कुनै सक्रियता छैन् । कुनै क्रियाकलाप छैन,’ आक्रोसित हुँदै अध्यक्ष श्रेष्ठले भने, ‘हामीले कुनै पनि खेलाडीलाई पठाउँदा संघसँग समन्वय गछौं । संघकै सिफारिसबाट आएका खेलाडीलाई अभ्यासका लागि पठाउने हो ।’

ओलम्पिक आफैले कुनै पनि संघका खेलाडी तथा अफिसियललाई विदेश पठाउने नगरेको पनि उनले बताए । संघको सिफारिसलाई पनि ‘क्रस’ चेक गरेर खेलाडी तथा प्रशिक्षकलाई विदेशमा अभ्यास तथा प्रतियोगितामा सहभागी गराउने गरिएको उनले सुनाए।

‘संघले पठाएका खेलाडीको बारेमा पनि हामी ‘क्रस चेक’ गछौं । कसैले व्यक्तिगत स्वार्थका कुरा जोडेकी भनेर,’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘त्यहिमात्रै एउटा संघ हो जसले ओलम्पिकले पठाएका ‘इमेल’हरु कहिलै ‘रिप्लाई’ गरेन । समयमा प्रतिक्रिया नआएपछि हामीले सम्बन्धीत खेलका प्रशिक्षक र सम्बन्धित व्यक्तिसँग समन्वय गरेर काम गर्नु पर्छ । कारण त्यहिँ हो ।’

खेलाडी छात्रवृत्तिबाट वञ्चित हुनुमा आफुहरु दोषी नरहेको श्रेष्ठको भनाइ छ । ‘इमेल नहेर्ने रिप्लाई नगर्ने अनि घरमा सुति सुति मलाई थाहा भएन भन्नुत ठीक भएन नि,’ श्रेष्ठले भने, ‘आफु सक्रिय हुन नसक्ने अरुलाई दोषमात्रै लगाएर हुन्छ ।’

यो पनि पढ्नुहोस्

आन्तरिक किचलोले भद्रगोल बनेको एथलेटिक्स

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : १७ बजे

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाह बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको