एथलेटिक्समा देखिएको समस्या नेतृत्व निष्कृय भएर हो : अध्यक्ष श्रेष्ठ « Khabarhub

एथलेटिक्समा देखिएको समस्या नेतृत्व निष्कृय भएर हो : अध्यक्ष श्रेष्ठ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा खेलकुदका क्षेत्रमा हुने विवाद नयाँ र नौला होइनन् । तर, पछिल्लो समय सबैभन्दा चलायमान हुनुपर्ने नेपाल एथलेटिक्स संघ कमजोर हुँदै गएको नेपाल ओलम्पिक कमिटि (एन्ओसी) का अध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् ।

हरेक बर्ष खेलाडीहरुले पाउने ओलम्पिक छात्रवृत्तिबाट यो वर्ष एथलेटिक्सका खेलाडी बञ्चित भएका थिए ।

एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले एथलेटिक्स खेलाडी ओलम्पिक छात्रवृत्तिबाट छुट्नुमा आफ्नो कमजोरी नभएको बताएका थिए । उनले ओलम्पिक कमिटिले आफुले मनलाग्दी गर्दै एथलेटिक्स खेलाडीलाई विदेश पठाएको जस्ता आरोप एनओसीमाथि लगाएका थिए ।

छात्रवृत्तिबारे एनओसीका अध्यक्ष श्रेष्ठले एथलेटिक्स संघका अध्यक्षको आरोप गलत भएको बताएका छन् । अध्यक्ष श्रेष्ठले एथलेटिक्स संघको नेतृत्व पछिल्लो समय सक्रिय हुन नसकेको र कुनै पनि क्रियाकलाप गर्न नसकेको जस्ता आरोप पनि लगाए ।

‘त्यो गलत हो । एथलेटिक्स संघ ‘डेड’ मध्येको एक हो । कुनै सक्रियता छैन् । कुनै क्रियाकलाप छैन,’ आक्रोसित हुँदै अध्यक्ष श्रेष्ठले भने, ‘हामीले कुनै पनि खेलाडीलाई पठाउँदा संघसँग समन्वय गछौं । संघकै सिफारिसबाट आएका खेलाडीलाई अभ्यासका लागि पठाउने हो ।’

ओलम्पिक आफैले कुनै पनि संघका खेलाडी तथा अफिसियललाई विदेश पठाउने नगरेको पनि उनले बताए । संघको सिफारिसलाई पनि ‘क्रस’ चेक गरेर खेलाडी तथा प्रशिक्षकलाई विदेशमा अभ्यास तथा प्रतियोगितामा सहभागी गराउने गरिएको उनले सुनाए।

‘संघले पठाएका खेलाडीको बारेमा पनि हामी ‘क्रस चेक’ गछौं । कसैले व्यक्तिगत स्वार्थका कुरा जोडेकी भनेर,’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘त्यहिमात्रै एउटा संघ हो जसले ओलम्पिकले पठाएका ‘इमेल’हरु कहिलै ‘रिप्लाई’ गरेन । समयमा प्रतिक्रिया नआएपछि हामीले सम्बन्धीत खेलका प्रशिक्षक र सम्बन्धित व्यक्तिसँग समन्वय गरेर काम गर्नु पर्छ । कारण त्यहिँ हो ।’

खेलाडी छात्रवृत्तिबाट वञ्चित हुनुमा आफुहरु दोषी नरहेको श्रेष्ठको भनाइ छ । ‘इमेल नहेर्ने रिप्लाई नगर्ने अनि घरमा सुति सुति मलाई थाहा भएन भन्नुत ठीक भएन नि,’ श्रेष्ठले भने, ‘आफु सक्रिय हुन नसक्ने अरुलाई दोषमात्रै लगाएर हुन्छ ।’

यो पनि पढ्नुहोस्

आन्तरिक किचलोले भद्रगोल बनेको एथलेटिक्स

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : १७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको