खराब मौसमले खेतमै हेलिकोप्टरको आकस्मिक अवतरण « Khabarhub

खराब मौसमले खेतमै हेलिकोप्टरको आकस्मिक अवतरण


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो ।

बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ७ वटा हेलिकप्टर मौसममा आएको गडबडीका कारण काभ्रेमा आकस्मिक अवतरण गरिएको हो ।

मौसमका कारण भिजिविलिटी कम भएपछि मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका हेलिकोप्टर बीच बाटोमै अवतरण गर्नु परेको विमान कम्पनीले जनाएका छन् ।

७ वटा हेलिकप्टरमध्ये ४ वटा पाँचखाल र ३ वटा नेपालथोकमा आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पाँचखालमा अवतरण गरिएका ४ वटै हेलिकोप्टरमा चालक र विदेशी पर्यटक सहित २१ जना यात्रु रहेको उनले बताए । हेलिकोप्टर सोलुखुम्बुको लुक्लाबाट आएका हुन् ।

तस्वीर: रामसुन्दर आचार्य

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ५५ बजे

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते