५ वर्षीय बालकले प्रहरीलाई फोन गरेर ‘पिज्जा’ अर्डर गरेपछि… « Khabarhub

५ वर्षीय बालकले प्रहरीलाई फोन गरेर ‘पिज्जा’ अर्डर गरेपछि…


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा बालबालिकाहरु पुलिसको नाम लिने वित्तिकै डराउने गर्दछन् ।

बालिबालिकाहरु जिद्दि गरेर रुने कराउने गरेमा पुलिस आयो, पुलिसलाई बोलाउँछु भन्दा डर र त्रासले रुन–कराउँन छोड्छन् । भनेको काम नमाने वा अभिभावकको कुरा नटेरे प्रहरीको नाम लिने वित्तिकै त्यस्ता बालबच्चाहरु ठिक ठाउँमा आउँछन् ।

तर अमेरिकाको फ्लोरिडा एक ५ वर्षीय बालक मानुयल बेशाराले प्रहरीलाई फोन गरे । उनले फोन मात्र गरेनन् फोनमा आफू भोकाएको भन्दै पिज्जा खान मन लागेको समेत बताए ।

फ्लोरिडा प्रहरीको ९११ मा बालकले फोन गरे लगत्तै उनको घर प्रहरी पुग्यो । प्रहरी कन्ट्रोल रुममा आएको जानकारीलाई पछ्याउदै बालकको घरसम्म प्रहरी पुग्दा ती बालक आफ्नी १५ वर्षीय दिदीसंग थिए ।

सोधपुछका क्रममा मानुयलले फोन गर्दा परिवारका सदस्य त्यसबारे जानकार नरहेको प्रहरीले पत्ता लगायो । तर प्रहरीले बालकले प्रहरी कन्ट्रोल नम्बरमा कल गरेकोले त्यसको उपयोगिता बुझाउदै एउटा पिज्जा समेत दियो ।

यसरी प्रहरीलाई भोक लाग्यो भन्दै फोन गरेपछि घरसम्मै पिज्जा बोकेर पुगेको थियो । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : १७ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले