५ वर्षीय बालकले प्रहरीलाई फोन गरेर ‘पिज्जा’ अर्डर गरेपछि… « Khabarhub

५ वर्षीय बालकले प्रहरीलाई फोन गरेर ‘पिज्जा’ अर्डर गरेपछि…


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा बालबालिकाहरु पुलिसको नाम लिने वित्तिकै डराउने गर्दछन् ।

बालिबालिकाहरु जिद्दि गरेर रुने कराउने गरेमा पुलिस आयो, पुलिसलाई बोलाउँछु भन्दा डर र त्रासले रुन–कराउँन छोड्छन् । भनेको काम नमाने वा अभिभावकको कुरा नटेरे प्रहरीको नाम लिने वित्तिकै त्यस्ता बालबच्चाहरु ठिक ठाउँमा आउँछन् ।

तर अमेरिकाको फ्लोरिडा एक ५ वर्षीय बालक मानुयल बेशाराले प्रहरीलाई फोन गरे । उनले फोन मात्र गरेनन् फोनमा आफू भोकाएको भन्दै पिज्जा खान मन लागेको समेत बताए ।

फ्लोरिडा प्रहरीको ९११ मा बालकले फोन गरे लगत्तै उनको घर प्रहरी पुग्यो । प्रहरी कन्ट्रोल रुममा आएको जानकारीलाई पछ्याउदै बालकको घरसम्म प्रहरी पुग्दा ती बालक आफ्नी १५ वर्षीय दिदीसंग थिए ।

सोधपुछका क्रममा मानुयलले फोन गर्दा परिवारका सदस्य त्यसबारे जानकार नरहेको प्रहरीले पत्ता लगायो । तर प्रहरीले बालकले प्रहरी कन्ट्रोल नम्बरमा कल गरेकोले त्यसको उपयोगिता बुझाउदै एउटा पिज्जा समेत दियो ।

यसरी प्रहरीलाई भोक लाग्यो भन्दै फोन गरेपछि घरसम्मै पिज्जा बोकेर पुगेको थियो । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : १७ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री