कोशी नदीमा पानीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

कोशी नदीमा पानीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रमा बाढी र डुवानको खतरा बढेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार मंगलबार बिहानसम्म कोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

सप्तकोशी नदीमा पानीको शतहले समान्यभन्दा बढेर ६.२२ मिटर पुगेको शाखाले जनाएको छ । कोशी नदीमा पानीको शतह ६ मिटरभन्दा माथी पुगेमा सतर्कता तह पार गरेको मानिन्छ ।

पानीको सतहले ७ मिटर पार गरेमा खतरापूर्ण मानिन्छ ।

शाखाका अनुसार कोशी नदीको चतरामा जलसतहले सतर्कता पार गरिसकेको छ । चतरा क्षेत्रमा जल सतह बढ्दा सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा डुवान तथा बाढीको खतरा बढेको शाखाले जनाएको छ ।

शाखाका अनुसार पहाडी क्षेत्रमा वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने संभावना छ । बाढी पूर्वानुमान शाखाले मंगलबार बेलुकीसम्म उच्च सतर्कता अपनाउन कोशी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ११ : ०३ बजे

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि