गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा निर्वाचित वडाध्यक्ष नै पक्राउ « Khabarhub

गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा निर्वाचित वडाध्यक्ष नै पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित थिए ।

कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले उनीहरुलाई मंगलबार बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहसहित अन्य ४५ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताए ।

कानूनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै कांग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : २४ बजे

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, नयाँ सम्झौता नहुने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको

वन अधिकृत यादव घुससहित पक्राउ

काठमाडौं– सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय

तनावबीच नाटो शिखर सम्मेलन सुरु, रक्षा खर्च र मध्यपूर्व संकट मुख्य एजेन्डा

एजेन्सी– मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीका बीच

खेतबारीमा काम गर्दा हातखुट्टा हिलोले खाए के गर्ने ? लापरबाही भए क्यान्सरको जोखिम 

काठमाडौं– वर्षायाममा थुप्रै मानिस हात, खुट्टाका औंलाका कापमा घाउ हुने