नेपालमा पनि चिनियाँ चलचित्रको व्यावसायिक बजार खोज्न सकिन्छ: केशव भट्टराई « Khabarhub

नेपालमा पनि चिनियाँ चलचित्रको व्यावसायिक बजार खोज्न सकिन्छ: केशव भट्टराई


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपालमा पनि चिनियाँ चलचित्रको बजार खोज्न सकिने धारणा राखेका छन् । मंगलबार राजधानीमा भएको ‘चाइना फिल्म फेस्टिभल’ को उद्घाटन समारोहका क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले चिनियाँ चलचित्र उद्योगले विश्वमा छुट्टै परिचय स्थापना गरिसकेको र चिनियाँ चलचित्रको उत्कृष्ट बजार व्यवस्थाबाट नेपालीले पनि धेरै कुरा सिक्न सक्ने धारणा समेत राखे ।

‘चिनियाँ चलचित्रको उत्कृष्ट बजार व्यवस्थाबाट हामीले धेरै कुरा सिक्न सक्छौँ,’ अध्यक्ष भट्टराईले भने, ‘नेपाली चलचित्रलाई पनि चिनियाँ बजारमा पु–याउन सकिन्छ र नेपालमा पनि चिनियाँ चलचित्रको व्यावसायिक बजार खोज्न सकिने सम्भावना देखेको छु ।’

उनले चीन र नेपालको सांस्कृतिक महत्त्व रहेको भन्दै तीन दिनसम्म चल्ने चिनियाँ फिल्म फेस्टिभलको सफलताको शुभकामना दिए ।

गणतान्त्रिक चीन घोषणाको ७० वर्ष पुगेको अवसरमा चिनियाँ फिल्म फेस्टिभलको आयोजना गरिएको हो । सो अवसरमा ६ चिनियाँ फिल्म स्किृनिङ गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ३२ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी