विदेशी पाहुनाले भने– काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या रहेछ ! « Khabarhub

विदेशी पाहुनाले भने– काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या रहेछ !


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको निमन्त्रणमा इन्द्रजात्रा अवलोकनका लागि आएका विदेशी पाहुनाहरुले काठमाडौं नगर क्षेत्रको आन्तरिक फोहोर व्यवस्थापनको समस्याप्रति चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक शहर काठमाडौंमा आन्तरिक फोहोर व्यवस्थापनको विषय समस्याको रुपमा देखा पर्नु चिन्ताको विषय भएको उनीहरुको भनाइ थियो ।

इन्द्र जात्राको अवलोकनपछि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसँगको शिस्टाचार भेटवार्ताका क्रममा विदेशी पाहुनाहरुले यहाँको आन्तरिक फोहोर व्यवस्थापनको समस्याबारे चासो र चिन्ता व्यक्त गरेका हुन् ।

यस वर्षको इन्द्र जात्रा अवलोकनका लागि छिमेकी राष्ट्र भारत तथा चीनसहित भुटान, जापान र अमेरिकाका विभिन्न नगरका प्रमुख तथा प्रतिनिधिहरु काठमाडौं आएका थिए ।

इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी पाहुनासँगको भेटका क्रममा काठमाडौंका मेयर शाक्यले इन्द्रजात्रासँगै काठमाडौंमा भएका जीवन्त सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिएका थिए । काठमाडौंको साँस्कृतिक सम्पदाका बारेमा आफ्ना नागरिकलाई सुनाउन समेत मेयर शाक्यको आग्रह थियो ।

ल्हासाले २ वटा फोहोर कम्प्याक्टर दिने

भेटका क्रममा चीनको ल्हासाका मेयर गुहेओ गुहेओले इन्द्रजात्रा पर्व अलौकिक रहेको बताए । अवलोकन पछि उनले काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनमा अझै समस्या रहेको बताए ।

‘काठमाडौं र ल्हासाको भगिनी सम्बन्ध स्थापना भएको १० वर्ष भएको छ । यसबीचमा हामीले धेरै क्षेत्रमा सहकार्य गरेका छौं,’ ल्हासाका मेयर गुहेओले भने, ‘काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनको समस्या समाधान गर्न ल्हासा नगरको तर्फबाट २ बटा फोहोर कम्प्याक्टर सवारी उपलब्ध गराउँछौं ।’

यस्तै, अमेरिकाको भर्जिनियाँ राज्यअन्तर्गतको सिटी अफ फेडरिकबर्गले शहरी विकास र शैक्षिक अनुभव आदानप्रदानका लागि काठमाडौं महानगरसँग समन्वयको प्रस्ताव राखेको छ ।

फेडरिकबर्गकी प्रमुख म्यारी क्याथरिन ग्रीनलले पत्र लेख्दै अनुसन्धानमा आधारित सहरी बिकास र शैक्षिक आदानप्रदानमा दुई नगरबीच साझेदारिताको सम्भावना रहेको बताइन्

अमेरिकाको सिटी अफ फेडरिकबर्ग (नगरपालिका) बाट उपप्रमुखसहितको टोली इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आइपुगेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : १५ बजे

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

एजेन्सी– अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा