विमानस्थलमा यात्रुको सामान हराए सम्बन्धित विमानले क्षतिपूर्ति तिर्नुपर्ने « Khabarhub

विमानस्थलमा यात्रुको सामान हराए सम्बन्धित विमानले क्षतिपूर्ति तिर्नुपर्ने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थलको सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी दिए ।

उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ समेत ध्यानमा राखेर सो विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा समेत जडान गर्न लागिएको जानकारी दिए ।

हाल सो विमानस्थलमा ३ सय ४५ वटा सिसीटिभी क्यामेर जडान गरिएको छ । त्यसमा सय वटा थप गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डिआईजी उपाध्यायले बताए । विमानस्थलको सुरक्षाका लागि हाल सय वटा सिसीटिभी क्यामेर जडानको काम भइरहेको छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि सो विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको पनि विमानस्थलले जनाएको छ ।

डीआईजी उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि समान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दावी गरे । सबै ब्यागेजहरु सीसीटिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने काम गरिएको पनि विमानस्थलको दावी छ ।

डीआईजी उपाध्यायले एयरलाइन्सहरुले कुनै पनि यात्रुको सामान हराए सम्बन्धित एयरलाइन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको पनि बताए ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले सो विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयको कामलाई पनि प्राथमिकता दिइएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी