जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्सको छलाङ « Khabarhub

जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्सको छलाङ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर तर्फको विश्व वरियतामा छलाङ मारेका छन् ।

विश्व व्याडमिन्टन संघले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार प्रिन्स ५४ औं स्थानमा उक्लिएका हुन् । यसअघि प्रिन्सको बरियता जुनियरतर्फ १०३ औं स्थानमा थियो । यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो ।

उनले दुबई जुनियरमा देखाएको प्रदर्शनका आधारमा उनको बरियता सुधार भएको हो । यु–१९ दुबई इन्टरनेसनल सिरिज २०१९ मा स्वर्ण पदक जितेका थिए ।

प्रिन्सले फाइनलमा बरुण कपुरलाई २१–१९ र २१–१९ को स्कोरमा पराजित गर्दै उपाधि उचालेका थिए । त्यस्तै, सानीया चन्द र प्रिन्सको जोडीले डबल्समा रजत पदक हात पारेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ५४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी