काठमाडौं जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा « Khabarhub

काठमाडौं जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाले भने महानगरलाई गत २६ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको थियो ।

चुनौतीका बाबजुत पनि समितिले यस जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गेको हो । काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ र सुन्दर काठमाडौंको पहिचान’ नारा सहित समितिले सरसफाइ अभियान ०६५ बाट काठमाडौंमा शुरु गरेको थियो ।

नेपाल सरकारबाट वि.स. २०६८ सालमा सरसफाई गुरु योजना जारी गरिएपछि विभिन्न जिल्लामा सरसफाइको कार्यक्रम सुरु गरेको समितिका सदस्य सचिव शिव सुन्दर राज वैद्यले जानकारी दिए ।

यससँगै समितिले ‘एक घर, एक शौचालय’ अवधारणा सुरु गरेको थियो । नेपालकै पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो । आगामी असोज १३ गते नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने सरकारको तयारी रहेको छ ।

‘अभियानको क्रममा कुल ५५ हजार ५ सय शौचालय निर्माण भएको छ’ बैद्यले भने ‘उपभोत्ताको सहभागितामा करिब २७ करोड ८० लाख बराबर तथा नेपाल सरकारबाट अति बिपन्न परिवारलाई करिब ६ करोड ६५ लाखको सहयोग गरी कुल ३४ करोड ४५ लाख बराबरको श्रोत परिचालन भएको छ ।’

यससँगै सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्र ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : २५ बजे

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

एजेन्सी– अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा