गैर नेपालीलाई नागरिकता दिएको आरोपमा पक्राउ पूर्जी « Khabarhub

गैर नेपालीलाई नागरिकता दिएको आरोपमा पक्राउ पूर्जी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरङ्गा– जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पाँच जनाको नाम सार्वजनिक गरेको छ।

गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष सनिलाल राजवंशीसमेतलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो ।

जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरेको छ । गैर नेपालीलाई नेपाली नागरिकता दिने कार्यमा ४६ जना संलग्न रहेको बताइए पनि प्रहरीले दुई वडाध्यक्षसहित ११ जनालाई गत भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, बिर्तामोड–८ का तत्कालीन सचिव लोकराज बराल, भद्रपुर–९का वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपानेलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

यसलगत्तै प्रहरीले घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज बराललाई पक्राउ गरिसकेको छ ।

घटनामा संलग्न रहेको भन्दै बिर्तामोड नगरपालिका–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भीमबहादुर लिम्बूसमेतलाई प्रहरीले यसअघि नै पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–८ का अध्यक्ष कार्की राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर–९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : १६ बजे

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

एजेन्सी– अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा