एनआरएनएको चुनावमा भाँडभैलो, भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित « Khabarhub

एनआरएनएको चुनावमा भाँडभैलो, भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ ।

चुनावमा भोटिंङ मशिन ब्रिग्रिएपछि आज विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

इलोक्टोनिक मतदान शुरु भएको केही समयमै भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि  मतदान स्थगित गरिएको जनाइएको छ ।

निर्धारित समयभन्दा मतदान ढिलो शुरु गरेको भन्दै नाराबाजी र तोडफोड समेत गरिएको छ । आक्रोशित भीडले मतदान स्थल बाहिरका केही टेबल कुर्सी फुटाएका थिए । मतदान स्थगित भएपछि पुनः नाराबाजी चलेको थियो ।

एनआरएनएको नयाँ नेतृत्वका लागि ४२ पदमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ६ : ३४ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक