विश्वस्तरीय सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण  « Khabarhub

विश्वस्तरीय सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण 


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वस्तरीय संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ ।

गत असोज ६ गते  बेलायत प्रस्थान गरेको प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वको १० जनाको सैनिक टोलीले स्वर्ण पदक जितेको हो ।

गुरुङको नेतृत्वमा गएको नेपाली टोलीमा विशेष फौज बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए ।

‘युद्धकालीन विशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने क्याब्रियन पट्रोल अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ ।

कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ ।

सहभागी टोलीको लडाईँका लागि तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिन्छ ।

२४ असोजबाट शुरु भएको सो अभ्यास संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा भएको थियो । नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० जना सैन्य टोलीको सहभागीता रहेको थियो । यस किसमको अभ्यास नेपाली सेनाले २०१४ बाट भाग लिँदै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ८ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका