पेट दुख्ने, पेटमा ग्यास भरिने, पखला लाग्ने, कब्जियत हुने लगायतका पेटका समस्यालाई नेपालीले सामान्य रुपमा लिने गरेका छन् ।
यस्तो बेलामा घरायसी औषधिमा धेरैजसो भर पर्ने गरेका छन् ।
कहिलेकाही यस्तो समस्या खानपान र जीवनशैलीका कारण हुनु स्वभाविक पनि हो । तर यो लामो समय रह्यो वा निरन्तर यस्ता समस्या आएभने चिकित्सकका जानु आवश्यक हुन्छ ।
यस्ता समस्यालाई सामान्य रुपमा लिँदा कहिलेकाही ठूलै समस्या बनेर आउन सक्छ ।
यस्तो समस्या लामो सयम भयो भने ख्याल गर्नुपर्ने हुन्छ कि कतै ठूलो आन्द्रामा समस्या त छैन ?
समस्या निरन्तर बढ्दै जाँदा आन्द्रामा विभिन्न खालका समस्याहरु आउन सक्छन् । भने क्यान्सरको जोखिम पनि रहन सक्छ ।
ठूलो आन्द्राको क्यान्सर हुनुअगावै पत्ता लगाउन सकियो भने धेरैको जीवन जोगाउन सकिन्छ ।
यो रोग सानो पोलिप एडिनोमाबाट हुन्छ र केही वर्षमा क्यान्सरमा परिणत हुन्छ । यस्तो पोलिप एडिनोमा कोलोनोस्कोपी गरेर निकाल्न सकेको खण्डमा ठूलो आन्द्राको क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ ।
ठूलो आन्द्राको क्यान्सर भएमा दिशामा रगत देखिने, नाइटोमुनिको भाग दुख्ने, तौल कम हुँदै जाने, खाना खान मन नलाग्ने, छिट्टै थकान महसुस हुने, दिशा ठीक नहुनु ९कहिले पखाला लाग्ने कहिले कब्जीयत हुने० जस्ता लक्षणहरु देखिन्छन् ।
ठूलो आन्द्राको क्यान्सर भएको थाहा पाउन यसका विभिन्न लक्षणहरुको अध्ययनसँगै र जाँचहरु गर्नुपर्दछ । यो रोगमा शरीरमा रगत कम हुन्छ, मलद्धारको जाँच गरेर पनि यसबारे थाहा पाउन सकिन्छ ।
दिशाको जाँच, सिग्म्वा इण्डोस्कोपी बायाँ तर्फको गरेर । कालोनेस्कोपी गरेर पुरै ठूलो आन्द्रा हेरेर पनि यस रोगबारे जानकारी पाउन सकिन्छ । अन्य परीक्षणमा ब्यारियम इनेमा, भर्चुअल कोलोनोस्कोपी गरेर पनि ठूलो आन्द्राको क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।
उमेर बढ्दै गएपछि र ५० वर्षपछि ठूलो आन्द्राको क्यान्सर हुने संभावना बढी रहन्छ । बजारमा पाइने तयारी खानेकुरा अत्याधिक खाने, रेसादार फाइबरयुक्त खाना कम खाने र शारीरिक व्यायाम नगर्ने हरुलाई यो रोग लाग्ने सम्भावना बढी रहन्छ । धुम्रपान, मद्यपान, धेरै स्याचुरेटेड बोसो र प्रोटिनयुक्त खाना बढी खानेहरुलाई ठूलो आन्द्राको क्यान्सर हुने संभावना तुलनात्मक रुपमा बढी हुन्छ ।
नियमित व्यायाम, फाइबरयुक्त खाना खाने, फलफूल, हरियो सागपात प्रशस्त सेवन गर्ने र तौललाई सन्तुलनमा राख्न सकेमा यो रोगबाट बच्न सकिन्छ । धुमपान, मद्यपान र धेरै स्याचुरेटेड बोसो र प्रोटिनयुक्त खाना धेरै नखाने र भिटामिन डी तथा एस्पीरिनको प्रयोगले पनि यो रोगबाट बचाउँछ ।
क्यान्सर स्क्रिनिङ जाँच यस्तो विधि हो, जसमा बिरामीको कुनै लक्षण छैनन् । तैपनि क्यान्सर पोलिप एडिनोमा छ छैन् भनेर पत्ता लगाउने तरिका हो ।
त्यसै गरी इरिटेबल बाउल सिन्ड्रोमलाई आईबीएस ठूलो आन्द्रा सम्बन्धि एउटा समस्या हो । यो समस्या भएमा ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन । जसका कारण पेट दुख्ने, पेट फुल्ने, बेचैनी हुने, पेटमा ग्यास भरिने तथा पखाला लाग्ने तथा कब्जियत हुन लगायतका समस्या उत्पन्न हुने गर्छ ।
चिकित्सकिय भाषामा इरिटेबल बाउल सिन्ड्रोमलाई स्पैस्टिक कोलन, इरिटेबल कोलन तथा म्युकस कोइलटिस पनि भन्ने गरिन्छ । आइबीएसले आन्द्रालाई खराब गर्दैन । तर आन्द्रा खराब भएको संकेत गर्छ ।
यो समस्या आन्द्राको गम्भीर समस्या भएकोले लामो समयसम्म उपचार गर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया