शुरु हुँदैछ मौसमी रुघाखोकी, समयमै यसरी बच्नुस् | Khabarhub Khabarhub

शुरु हुँदैछ मौसमी रुघाखोकी, समयमै यसरी बच्नुस्


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसमको सकिएर विस्तारै जाडो मौसम शुरु हुँदैछ । मौसम परिवर्तनको समयमा धेरैलाई रुघाखोकी र ज्वरोले सताउने गर्छ । जसलाई चिकित्सकहरुले सिजनल एन्फ्लुएन्जा अर्था मौसमी रुघाखोकी समेत भन्छन् ।

मौसम परिवर्तनका समयमा मानिसहरुमा सिजनल एन्फ्लुएन्जाको समस्या देखिन सक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने हुन्छ ।

रुघाखोकीको समस्या देख्दा समान्य लागेपनि रुघाखोकी र ज्वरोका कारण तपाईको दैनिकीलाई प्रभाव पार्न सक्छ । त्यसैले सकेसम्म मौसमी रुघाखोकी लाग्न नदिन समयमै समेत हुनुपर्छ ।

मौसमी रुघाखोकीको लक्षण

–ज्वरो आउने,

–टाउको दुख्ने,

–घाँटी दुख्ने,

–रुघाखोकी लाग्ने,

–बालबालिकालाई झाडापखाला हुने,

–श्वास फेर्न गाह्रो हुने ।

मौसमी रुघाखोकीबाट कसरी बच्ने ?

–खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक मुख छोप्ने,

–पोषिलो खानेकुरा खाने,

–भिडभाड भएको ठाउँमा नजाने,

–ज्वरो रुघाखोकी लागेको बिरामीले हावा पस्ने कोठामा आराम गर्ने,

–मौसमी रुघाखोकीका बिरामीबाट टाढै बस्ने,

–नाक, मुख आँमामा अनावस्यक रुपमा हात नलैजाने,

–कुनै व्यक्तिसँग भेट हुँदा नमस्कार गर्ने सकेसम्म हात नमिलाउने,

–रुमाल,कपडा वा तौलिया सामुहिक प्रयोग नगर्ने,

–कुनै वस्तु छोएपछि, सौचालय गएपछि तथा खाना खानुअघि राम्रोसँग सावुन वा खरानी पानीले हात धुने,

–नाक, मुख छोप्दा प्रयोग भएका रुमाल तथा तौलिया राम्ररी धोएरमा पुन प्रयोग गर्ने,

–रुघाखोकी लागेको समयमा तातो र झोलिलो खाना खाने,

–घरेलु उपचारबाट र आराम गर्दा समेत निको नभएमा चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्ने ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : ३१ बजे

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा