नेपाली सेनाका २७ सय बढीलाई कारबाही, भगौडादेखि सलामी नगर्नेसम्म परे « Khabarhub

नेपाली सेनाका २७ सय बढीलाई कारबाही, भगौडादेखि सलामी नगर्नेसम्म परे


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक मुख्यालयले विगत ६ बर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ ।

नेपाली सेनाका विभिन्न दिमा रहेर सैनिक ऐन विपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तब्य ज्यान मुद्दामा मुछिएका, जवरजस्ती करणी, चोरी, ठगी, लागुऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजनासम्म मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिक समेत छन् ।

नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञादेव पाण्डेले २०७१ सालदेखि हालसम्मको अवधिमा २ हजार ७ सय १५ जना सैनिकमाथि विभिन्न शिर्षकमा कारबाही भएको बताए ।

सैनिक मुख्यालयका अनुसार गत बैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ ।

आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरुलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि बैशाखयता कारबाही भएको हो । राजधानी दैनिकबाट ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ५८ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने