यी हुन् अहिलेसम्म साग भएका १० शहर « Khabarhub

यी हुन् अहिलेसम्म साग भएका १० शहर



काठमाडौं –  १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) १५ गते दशरथ रंगशालामा उद्घाटन हुनेछ ।

दशरथ रंगशालामा पुरुष फुटबल टोलीको खेल गराउँदै सागको औपचारिक शुरुवात हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानाकरी दिइसकेको छ ।

सन् १९८४ मा काठमाडौंबाटै शुरु भएको साग ३५ बर्षपछि पुन काठमाडौं फर्किदा अहिलेसम्म ५ वटा देशका विभिन्न शहरहरुमा सागका खेल भइसकेका छन् ।

यस अघिका संस्करणहरुमा काठमाडौंमा केन्द्रीत साग अहिले पोखरा र जनकपुरमा पनि हुने भएको छ ।
औपचारीक रुपमा जनकपुरलाई आयोजक शहरका रुपमा राख्न नसक्नुका पछाडि लोगो अगाडि बन्नु र जनकपुरमा कुस्ती खेलाउने निर्णय

गर्न भएको ढिलाईका रुपमा राखेप नेतृत्वले व्याख्या गरेको छ ।

जनकपुरसहित अहिलेसम्म औपचारीक रुपमा साग आयोजना भएका शहरहरु निम्न रहेका छन् ।

ढाका (बंगलादेश)

ढाकाले दोस्रो, छैठौं र एघारौं संस्करणको साग आयोजना गर्ने अवसर पाएको थियो । ढाका निवासीहरुले तीन पटक सागको सफल आयोजना गरिसकेका छन् । तीन संस्करणमध्ये दोस्रोमा ९ स्वर्ण र एघारौं सागमा १८ स्वर्ण जित्दै बंगलादेश सबैभन्दा धेरै स्वर्ण जित्नेको शिर्ष तेस्रो स्थान थियो भने छैठौं सागमा ११ स्वर्ण जित्दै चौथो स्थानमा थियो ।

काठमाडौं (नेपाल)

लगातार तेस्रो संस्कण आयोजना गर्न गइरहेको काठमाडौंका लागि अहिलेसम्मको सबैभन्दा सफल साग आठौं संस्करणको हो । जसमा नेपालले ३१ स्वर्ण जितेको थियो । भने पहिलो संस्करणमा ५ खेलबाट नेपालले ४ स्वर्ण जितेको थियो । यस्तै, तेह्रो संस्करणको सागलाई नेपाल यादगार बनाउने लक्ष्यमा रहेको छ । मंसिर १५–२४ मा हुने सागमा ५० स्वर्ण जित्ने लक्ष्य नेपालले बनाएको छ ।

इश्लामावाद ( पाकिस्तानको)

अहिलेसम्म पाकिस्तानले दुई पटक सागको आयोजना गरेको छ । सन् १९८९ को चौथो साग र नवौं २००४ को सागलाई सफल रुपमा आयोजना गरेको छ ।

जसमा इश्लामावादले पहिलो पटक सन् १९८९ मा आयोजना गर्दा पाकिस्तानले ४५ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको थियो भने २००४ मा दोस्रो स्थानमा रहेको पाकिस्तानले ३८ स्वर्ण जितेको थियो । अब चौधौं साग पनि पाकिस्तानले गर्ने सम्भावना रहेको छ ।

श्रीलंका (कोलम्बो)

यस्तै, श्रीलंकाको कोलम्बो शहरमा साग दुई पटक आयोजना भइसकेको छ । कोलम्बोले सन् १९९१ मा भएको पाँचौ संस्करण र २००६ मा भएको दशौं साग आयोजना गरेको थियो । पाँचौ सागमा श्रीलंकाले राम्रो सफलता हात पारेको थियो । जसमा श्रीलंकाले ४४ स्वर्ण जितेको थियो भने दशौं सागमा ३७ स्वर्ण जित्दै तेस्रो स्थानमा रहेको थियो ।

कोलकत्ता (भारत)

कोलकत्ताले एक पटक सागको आयोजना गर्ने अवसर पाएको छ । कालकत्ताले सन् १९ ८७ को तेस्रो संस्करणको आयोजना गरेको थियो । उक्त संस्करणमा सागमा १० खेल समावेश थिए भने त्यसमध्ये भारतले ९१ स्वर्ण जितेको थियो ।

मदरास (भारत)

भारतमा भएको सागमध्ये सन् १९९५ को सातौं संस्करण मदरासले आयोजनाको जिम्मा पाएको थियो । सहभागी सात राष्ट्रमध्ये भारतले १सय६६ रुवर्ण जितेको थियो । जसमा १४ खेल समावेश गरिएका थिए ।

गुवाहाटी (भारत)

सन् २०१६ मा भारतले आफ्ना दुई शहरमा साग आयोजना गरेको थियो । त्यसमध्येको एक थियो, गुवाहाटी । गुवाहाटीमा १२ औं सागको ओपनिङ र क्लोजिङ दुवै गरिएको थियो । उक्त संस्करणमा भारतले १सय८८ स्वर्ण जितेको थियो ।

सिलोङ (भारत)

१२ औं साग भारतले आयोजना गरेको थियो । साग आयोजकका हिसाबले भारतले आफ्ना दुई शहरमा खेल गराएको थियो । सिलोङमा ८ खेल खेलाइएको थियो । सिलोङको जवाहरलाल नेहरु स्पोट्स कम्प्लेक्समा खेल गराएको थियो ।

पोखरा (नेपाल)
पोखरा नेपालका सुन्दर शहरहरुमध्येको एक हो । यसको सुन्दरतासँगै पोखराले विभिन्न खेलको आयोजनासमेत गरिसकेको छ । तर, साग पहिलो पटक आयोजना गर्न गइरहेको पोखरा साग आयोजना गर्ने कान्छो शहरमध्येको एक हो । पोखरामा ९ खेलमा खेलाडीलहरुले प्रतिस्पर्धा गर्नेछन् ।

गण्डकी प्रदेश अन्तरगतको शहर पोखरा अहिले १३ औं साग शुरु हुन मात्रै १३ दिन बाँकी छ । त्यसका लागि अहिले पोखरा सिङ्गारिने क्रममा रहेको छ ।

जनकपुर (नेपाल)

१३ औं साग आयोजन ागर्ने तेस्रो शहर हो, जनकपुर । प्रदेश नम्बर दुईको ठूलो शहर जनकपुरले सागमा कुस्ती आयोजन ागर्नेछ । सबैभन्दा कम एक मात्रै खेल हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ३० बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४