पहिलो दिनै नेप्से ओरालो,कारोबार रकम भने वृद्धि « Khabarhub

पहिलो दिनै नेप्से ओरालो,कारोबार रकम भने वृद्धि


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ विन्दुले घटेर २४९.१३ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने घटेको छ ।

व्यापार २७.०९ र अन्य २.५१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.४७, होटल ५१.६९, विकास बैंक १.२१, जलविद्युत् १७.३६, वित्त ५.७८, निर्जीवन बीमा २६.६४, उत्पादन १०३.५३, लघुवित्त ३.७५, जीवन बीमा १३.१५ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड चार लाख ३४ हजार ४३८ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै एनआइसी एशिया बैंक रु तीन करोड ९३ लाख ६२ हजार १५३, एनएमबी बैंक रु तीन करोड २३ लाख ५२ हजार ४३७, नेपाल बैंक लिमिटेड रु तीन करोड १४ लाख ९५ हजार ८३, हिमालयन डिस्टिलरी रु एक करोड २० लाख १९ हजार ८९६ र प्राइम बैंकको रु एक करोड १२ लाख ५० हजार ६९९ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८७, पाँचथर पावर कम्पनी ९.८०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.३१, गणपति माइक्रोफाइनान्स ६.२५ र आँखु खोला जलविद्यु्त् कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै शिवम् सिमेन्ट ९.९७, ओरियन्टल होटल ६.३६, गुडविल फाइनान्स ५.७५, खानीखोला जलविद्युत् कम्पनी ५.६०, युनिभर्सल पावर ५.१२, गुरास लघुवित्त वित्तीय संस्था ४.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ०१ बजे

प्रेम सुवालले भक्तपुरबाट गरे मतदान

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मतदान

आजपा अध्यक्ष प्रभु साहले रौतहटमा गरे मतदान

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभा

प्रथम महिला पौडेलद्वारा मतदान

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास

विष्णु रिमालले गरे मतदान

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिमालले आशामन्दिर स्कूलमा पुगेर मतदान

‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’

काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको