पहिलो दिनै नेप्से ओरालो,कारोबार रकम भने वृद्धि « Khabarhub

पहिलो दिनै नेप्से ओरालो,कारोबार रकम भने वृद्धि


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ विन्दुले घटेर २४९.१३ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने घटेको छ ।

व्यापार २७.०९ र अन्य २.५१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.४७, होटल ५१.६९, विकास बैंक १.२१, जलविद्युत् १७.३६, वित्त ५.७८, निर्जीवन बीमा २६.६४, उत्पादन १०३.५३, लघुवित्त ३.७५, जीवन बीमा १३.१५ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड चार लाख ३४ हजार ४३८ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै एनआइसी एशिया बैंक रु तीन करोड ९३ लाख ६२ हजार १५३, एनएमबी बैंक रु तीन करोड २३ लाख ५२ हजार ४३७, नेपाल बैंक लिमिटेड रु तीन करोड १४ लाख ९५ हजार ८३, हिमालयन डिस्टिलरी रु एक करोड २० लाख १९ हजार ८९६ र प्राइम बैंकको रु एक करोड १२ लाख ५० हजार ६९९ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८७, पाँचथर पावर कम्पनी ९.८०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.३१, गणपति माइक्रोफाइनान्स ६.२५ र आँखु खोला जलविद्यु्त् कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै शिवम् सिमेन्ट ९.९७, ओरियन्टल होटल ६.३६, गुडविल फाइनान्स ५.७५, खानीखोला जलविद्युत् कम्पनी ५.६०, युनिभर्सल पावर ५.१२, गुरास लघुवित्त वित्तीय संस्था ४.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ०१ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको