जाडोमा हार्टअट्याकको जोखिम उच्च, कसरी बच्ने ? « Khabarhub

जाडोमा हार्टअट्याकको जोखिम उच्च, कसरी बच्ने ?


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जाडो मौसममा मुटुसँग सम्बन्धित रोगको जोखिम हुने गरेको छ । अहिले चिसो मौसम सुरु भएका कारण यसबारे जानकारी लिन आवश्यक हुन्छ ।

जाडोको समयमा शरीर निस्क्रिय भएमा हृदयघात अर्थात हार्ट अट्याकको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।

मुटु संवेदनशील अंग हो । मुटुमा चिसोका कारण संक्रमण बढ्न सक्छ । हाम्रो शरीरले न्यानोपन खोजिरहेको हुन्छ । जाडोमा चिसो हुने भएकाले धेरैले नियमित व्यायाम नै गर्दैनन् ।

जाडोको समयमा शरीरको नशाहरु साँघुरिने हुन्छन् । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ । यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ । पछिल्लो समयमा मानिसहरुमा हार्ट अट्याकको समस्या बढेको पाइन्छ ।

हार्टअट्याकका कारण

निस्क्रिय जीवनशैलीमा जिउँनु, शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु, उच्च रक्तचाप, मोटोपना पढ्नु लगायतका कारणले हर्टअट्याकको जोखिम हुन जान्छ ।

सुर्तिजन्य पदार्थको प्रयोग, धुम्रपान र अत्याधिक मदिरा सेवन, वंशाणुगत गुण, अस्वस्थ्यकर खानपान, मानसिक तनाव आदीका कारण हर्टअट्याकको जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

जोखिम भएपनि हार्ट अट्याकबाट बच्ने उपायहरु नभएका होइनन् ।

त्यसका लागि उच्च रक्तचाप, मोटोपन र सुगरलाई नियन्त्रण गर्ने काम गर्नु पर्छ । त्यसका लागि दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने गर्दा मुटुलाई जोगाउन सकिन्छ । यस्तै छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।

तनावका कारण पनि मुटु सम्बन्धी समस्या देखिन जान्छ । त्यसैले तनावबाट मुक्त रहने गर्नुहोस् र बेलाबेलामा मुटुको परीक्षण गराउने गर्नुहोस् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ४९ बजे

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री