अभिनेता विपिन कार्कीलाई पुत्री लाभ « Khabarhub

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीलाई सन्तान लाभ भएको छ । विपिन पत्नी रेश्मा कटुवालले सोमबार पौने सात बजे बल्खुस्थित बयोद्या अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

५ वर्षअघि रेश्मा र विपिनले बिहे गरेका थिए । यी दुईले पहिलो सन्तानस्वरुप छोरीलाई जन्म दिएका हुन् ।

अभिनेता विपिन कार्कीले सामाजिक सञ्जालमा छोरीसँगको तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विपिन भन्छन्, ‘उनी हाम्रो प्रेम र सम्बन्धको पहिलो सन्तान हुन् ।’

विपिन बाबु बनेपछि उनका फ्यान र सेलिब्रेटीले बधाई दिएका छन् ।

रंगमञ्च हुँदै फिल्म क्षेत्रमा स्थापित भएका अभिनेता कार्की फरक–फरक चरित्र निभाउन खप्पिस छन् । गतवर्ष.उनी फिल्म ‘प्रसाद’ बाट चर्चामा आएका थिए । अर्को फिल्म ‘गोपी’ भने व्यावसायिक रुपमा असफल भएको थियो ।

यतिबेला विपिन फिल्म ‘सेल्फी किङ’ को काममा छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ३२ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी