घर चिन्न घर छाडौं तर घर नविर्सौं « Khabarhub

घर चिन्न घर छाडौं तर घर नविर्सौं


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६)को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कबिता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् ।

– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
– कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिले सम्म निस्केको छैन ।
– सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।
– खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।
– दर्शन भय हो कविता सत्य हो
– घर चिन्न घर छाडौं तर घर नविर्सौं
– जिवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु