मेकअपका कारण ‘ट्रोल’ को शिकार बनिन् रानु मण्डल | Khabarhub Khabarhub

मेकअपका कारण ‘ट्रोल’ को शिकार बनिन् रानु मण्डल


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्टरनेटमा ‘भाइरल’ भएर चर्चामा आएकी रानु मण्डल आजभोलि कुनै न कुनै कारणले चर्चामा रहने गर्छिन् । पछिल्लो हप्ता आफ्ना एक प्रशंसकसँग दुर्व्यवहार गरेपछि उनले ट्रोलको सामना गर्नुपरेको थियो ।

यतिबेला उनले लगाएको मेकअपका कारण रानुको चर्चा भएको छ । उनले गरेको मेकअपलाई लिएर इन्टरनेट प्रयोगकर्ताले मजाक बनाएका छन् ।

एक तस्वीरमा रानुले लेहंगा लगाएकी छिन् । साथै उनी पूर्ण रुपमा मेकअपका साथ देखिएकी छिन् । रानुलाई यो अवतारमा देख्दा भारतीयहरुले ‘द नन’, ‘जोकर’, ‘गेम अफ थ्रोन्स’ जस्ता नामले बोलाएका छन् ।

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् – लेडी जोकर ।

रेलवे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको एक गीत इन्टरनेटमा भाइरल भएपछि उनलाई गायक हिमेशले गीत रेकर्डिङमा मौका दिएका थिए । त्यसपछि उनी एकाएक सेलिब्रेटी बनेकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : २१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार