मेकअपका कारण ‘ट्रोल’ को शिकार बनिन् रानु मण्डल « Khabarhub

मेकअपका कारण ‘ट्रोल’ को शिकार बनिन् रानु मण्डल


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्टरनेटमा ‘भाइरल’ भएर चर्चामा आएकी रानु मण्डल आजभोलि कुनै न कुनै कारणले चर्चामा रहने गर्छिन् । पछिल्लो हप्ता आफ्ना एक प्रशंसकसँग दुर्व्यवहार गरेपछि उनले ट्रोलको सामना गर्नुपरेको थियो ।

यतिबेला उनले लगाएको मेकअपका कारण रानुको चर्चा भएको छ । उनले गरेको मेकअपलाई लिएर इन्टरनेट प्रयोगकर्ताले मजाक बनाएका छन् ।

एक तस्वीरमा रानुले लेहंगा लगाएकी छिन् । साथै उनी पूर्ण रुपमा मेकअपका साथ देखिएकी छिन् । रानुलाई यो अवतारमा देख्दा भारतीयहरुले ‘द नन’, ‘जोकर’, ‘गेम अफ थ्रोन्स’ जस्ता नामले बोलाएका छन् ।

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् – लेडी जोकर ।

रेलवे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको एक गीत इन्टरनेटमा भाइरल भएपछि उनलाई गायक हिमेशले गीत रेकर्डिङमा मौका दिएका थिए । त्यसपछि उनी एकाएक सेलिब्रेटी बनेकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : २१ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो