कष्ट पछिको खुसी– मुगुका अग्निपीडितलाई १ वर्ष पछि नयाँ घर « Khabarhub

कष्ट पछिको खुसी– मुगुका अग्निपीडितलाई १ वर्ष पछि नयाँ घर


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– एक वर्षदेखि त्रिपालमा बस्दै आएका मुगुमकार्मारोङ्ग गाँउपालिका–४ किम्री गाउँका १९ घरधुरीका आगलागी पीडितलाई नयाँ घर हस्तान्तरण गरिएपछि उनीहरुको मुहारमा खुशी फर्किएको छ ।

किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष वैशाख २० गते भएको आगलागीबाट घरसहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो । एक वर्षसम्म खुला आकाशमुनि त्रिपालमा कष्टकर रुपमा हिउँद र वर्षा काटेका आगलागी पीडितलाई गत शनिबार नवनिर्मित घर हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष छिरिङ टासी लामाको घरबाट सल्केको आगोले सँगै जोडिएका १९ घर पूर्णरूपले क्षति भएपछि उनीहरुको नयाँ घर निर्माण गर्ने जिम्मा ब्याक टु लाइभको आर्थिक सहयोगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हिरेन्डेक)ले जिम्मा लिएको थियो । १ करोड २२ लाख ५५ हजारमा शौचालयसहित ढुङ्गा र काठद्वारा निर्मित १९ घर हस्तान्तरण गरिएको हिरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

गएको मङ्सिर २६ गतेबाट घर निर्माण कार्य शुरु गरिएको थियो । ती घर ६ महिनामा निर्माण गरी पीडित घरधुरीलाई हस्तान्तरण गर्ने लक्ष्य भए पनि हिमपात र स्थानीयवासीहरु जडीबुटी तथा यार्सागुम्बा सङ्कलनमा गएकाले निर्माणमा ढिलाइ भएको हो । एक वर्षमा घर र शौचालय निर्माण गरेर सबै पीडितले नयाँ घर पाएको वडाध्यक्ष लामाले बताए ।

एक वर्षसम्म हिउँदको चिसो र वर्षाको पानीले ९६ अग्निपीडित परिवार दैनिक कष्टकर जीवन बिताउन बाध्य भएका थिए । ‘शनिबारदेखि नयाँ घर पाएका छौँ, अब गाँउको लामा गुरुबाट घरको पूजा गरेर केही दिनमै नयाँ घरमा सर्ने योजना छ,’ अग्निपीडित जेक्टोल लामाले भने ।

आगलागी भएलगत्तै हेलिकप्टरद्वारा घटनास्थल पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट पूर्णरूपले क्षति भएका १९ वटै घरलाई कर्णाली प्रदेश सरकारले निर्माण गरिदिने पीडितलाई आश्वासन दिएका थिए ।

मङ्सिरसम्म प्रदेश सरकारले घर निर्माणका लागि कुनै पहल नगरेपछि हिरेन्डेक नामक गैर सरकारी संस्थाले घर निर्माण गरेको पीडितले बताए ।

गाउँमा अग्निपीडितले घर पाएको भए पनि पूरै गाँउलाई खानेपानीको समस्या रहेको छ । स्थानीयवासीहरुले घर हस्तान्तरणमा कार्यक्रममा पुगेका प्रदेशसभा सदस्य दानसिंह परियारलाई प्रदेश सरकारले गाउँमा खानेपानीको व्यवस्था गरिदिन आग्रह गरेका थिए । सांसद परियारले खानेपानीको समस्या समाधान गर्न पहल गर्ने गाउँलेलाई आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : १२ बजे

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना